एनआईबीएलले ल्यायो भर्चुअल इन्टरनेशनल कार्ड, अन्तर्राष्ट्रिय वस्तु सेवा खरिदमा ३५ प्रतिशत छुट

Technology Khabar १३ चैत्र २०७७, शुक्रबार

एनआईबीएलले ल्यायो भर्चुअल इन्टरनेशनल कार्ड, अन्तर्राष्ट्रिय वस्तु सेवा खरिदमा ३५ प्रतिशत छुट

काठमाडौं ।

नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) ले एनआईबीएल भी–प्रिपेड इन्टरनेशनल कार्ड शुरू गरेको छ। बैंकले सार्वजनिक गरेको भर्चुअल कार्ड मार्फत ग्राहकहरूले ५ सय अमेरिकी डलर प्रति वर्षको हिसावले ई-कमर्स भुक्तानी गर्न सक्ने भएका छन्।

बैंकले ग्राहकहरूको लागि ३५ दिन ३५ प्रतिशत छुटको प्रस्ताव पनि सार्वजनिक गरेको छ।

नेपाल इन्भेस्टमेन्ट बैंकले ८६ शाखा, १ सय ३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५९ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्याईरहेको छ।

५ पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको बैंक अन्तर्राष्ट्रिय प्रकाशन–युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ।

यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।

Sajilo Visa

प्रकाशित: १३ चैत्र २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार