एनएमबि क्यापिटलले वेब होस्टिङ्गको शुल्क नतिर्दा वेबसाइट डाउन !

Technology Khabar १३ चैत्र २०७७, शुक्रबार

एनएमबि क्यापिटलले वेब होस्टिङ्गको शुल्क नतिर्दा वेबसाइट डाउन !
Classic Tech

एनएमबि क्यापिटलको वेबसाइट बन्द भएको छ । ज्योति लाइफ इन्स्योरेन्स लिमिटेडको बिक्री प्रबन्धकको रुपमा रहेको एनएमबि क्यापिटलको वेबसाइट बन्द भएको हो ।

ज्योति लाइफ इन्स्योरेन्सको शेयर बाँडफाड आज भएको छ र शेयर लगानीकर्ता कति शेयर पर्यो भनेर हेर्ने प्रयासमा छन् ।

तर, त्यसको जानकारी दिने वेबसाइटहरु भने शुल्क तिर्न नसक्दा बन्द भएका छन्।

सीडीएसले शेयरको अनलाइन नतिजा हेर्न बनाएको छुट्टै वेबसाइटमा पनि यो समाचार तयार पार्दासम्म कुनै डाटा उपलब्ध भएको छैन ।

वेब होस्टिङ कम्पनीलाई समयमा पैसा नतिर्दा एनएमबि क्यापिटलको वेबसाइट बन्द भएको बताईएको छ ।

कम्पनीको वेबसाइट केहि समयअघिसम्म पनि एकाउन्ट सस्पेण्ड रहेको देखाईरहेको थियो । ‘दिस एकाउण्ट ह्याज बिन सस्पेन्डेड’ भन्ने म्यासेज स्क्रिनमा देखिएको छ ।

कुनैपनि वेबसाइट बन्द भएको वा रिन्यू नभएको समयमा यस्तो नोटिस दिने सो क्षेत्रका जानकारहरुको भनाई छ ।

यसैबिच ज्योति लाइफको आइपीओ नतिजा साँझ ६ बजेपछि मात्र हेर्न सकिने भएको बताईएको छ । शुक्रबार साढे १२ बजेपछि भएको आइपीओ बाँडफाँडमा सो जानकारी दिइएको थियो ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मेरो सेयर सफ्टवेयर, मेरो सेयर एपमा अपलोड गर्न समय लाग्ने भएकाले साँझ ६ बजेपछि मात्र आइपीओ नतिजा हेर्न सकिने जनाएको हो ।

तर सो समयपछि पनि एनएमबि क्यापिटलको वेबसाइट संचालनमा आएको छैन् । सो वेबसाइटमा सामाजिक स‌जालमा आएका फेक समाचार नपत्याउन भनिएको छ भने वेबसाइट छिटै सञ्चालनमा आउने बताएको छ ।

TK Viber

प्रकाशित: १३ चैत्र २०७७, शुक्रबार

Loading...