यूरोपभर फाइभजी विस्तार गर्न ३ अर्ब ५५ करोड डलर लाग्ने

Technology Khabar १३ चैत्र २०७७, शुक्रबार

यूरोपभर फाइभजी विस्तार गर्न ३ अर्ब ५५ करोड डलर लाग्ने
सांकेतिक

काठमाडौं ।

हालै जारी गरिएको एक रिपोर्टका अनुसार यूरोपमा द्रुत गतिको फाइभजी नेटवर्क विस्तार गर्न लगभग ३ अर्ब ५५ करोड डलर खर्च हुने भएको छ। यूरोपभरका २७ राष्ट्रमा दूरसञ्चारको यो पूर्वाधार विस्तारका लागि सन् २०२५ सम्मको समय लाग्ने पनि बताइएको छ।

परामर्शदातृ संस्था बीसीजीले हालै गरेको अध्ययन अनुसार यूरोपियन यूनियनले कोरोना फाइभजी प्रविधिका माध्यमबाट महामारीका कारण भएको आर्थिक मन्दीबाट माथि उठ्ने र विश्वमै इन्टरनेट जोडिएका डिभाइसहरुको मामलामा विश्वमै अग्रणी बन्ने अपेक्षा गरेको छ।

तर यूरोपियन यूनियनका दूरसञ्चार सेवा प्रदायकहरु फाइभजी नेटवर्कमा लगानी गर्न इच्छुक नभएको देखिएको छ। यो प्रविधिले स्मार्टफोन फ्याक्ट्री, स्वचालिक कार आदिलाई सघाउ पुर्याउने भए पनि यसमा ठूलो लगानी गर्नुपर्ने र कम्पनीहरु मर्ज गर्नका लागि पनि यूरोपियन यूनियनको नीति नियम अप्ठ्यारो भएकाले लगानीका लागि सेवा प्रदायकहरुले अनिच्छा देखाएको बुझिएको छ।

‘यूरोपमा  पूर्णरुपमा फाइभजी पुर्याउन अझै १ अर्ब ५० करोड यूरो र जडान गरिएका पूर्वाधारहरुलाई गिगाबिट गतिमा अपग्रेड गर्न अर्को १ अर्ब ५० करोड यूरो आवश्यक पर्ने देखिएको छ’, रिपोर्टमा भनिएको छ।

सरकारले आफ्नो सम्पूर्ण ध्यान कोरोना महामारीसँग जुध्नमा लगाएकोले फाइभजी स्पेक्ट्रमको अक्शन ढिला हुन पुगेको कारणले पनि सेवा प्रदायकहरु सरकारसँग रुष्ट भएको बुझिएको छ। अध्ययनले सरकार र नियामक निकायहरुले दूरसञ्चार उद्योगलाई माथि उठाउने थुप्रै उपायहरु पनि प्रस्ताव गरेको छ।

रिपोर्टले गुगल फेसबुक माइक्रोसफ्ट र अन्य ठूला टेक जायन्टहरुसँगको प्रतिस्पर्धामा खरो उत्रनका लागि दूरसञ्चार सेवा प्रदायकहरुलाई डाटा ट्राफिक मनिटाइज गर्न पनि सुझाव दिएको छ।

Global Bank
easy care

प्रकाशित: १३ चैत्र २०७७, शुक्रबार