ह्वावेका लागि सामसङले किरिन चिप उत्पादन गरिदिने

Technology Khabar १३ चैत्र २०७७, शुक्रबार

ह्वावेका लागि सामसङले किरिन चिप उत्पादन गरिदिने
Classic Tech

अमेरिकामा प्रतिबन्ध लागेपछि चिनियाँ कम्पनी ह्वावेको स्मार्टफोन व्यवसाय धराशायी भएको छ।

प्रारम्भिक प्रतिबन्धपछि पनि ह्वावेले राम्रै व्यवसाय गरिरहेको थियो। प्रतिबन्ध चलिरहेकै बेला ह्वावे विश्वमा स्मार्टफोन बिक्रीका क्षेत्रमा विश्वमै अग्रणी सावित भएको थियो।

बिस्तारै अमेरिकामा ह्वावेमाथिको प्रतिबन्ध अझ कडा बनाइएपछि ह्वावेले अमेरिकी प्रविधि प्रयोग गर्ने गैर अमेरिकी कम्पनीहरुसँग पनि व्यवसाय अगाडि बढाउन नपाउने भयो। यो प्रतिबन्धले ह्वावेको किरिन प्रोसेसरले उनीहरुको चिप बनाउने ताइवानको ताइवान सेमिकण्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसएमसीसँगको व्यवसाय पनि रोकियो। प्रोसेसर नहुनु भनेको स्मार्टफोन उत्पादन नहुनु हो।

त्यसबेलादेखि ह्वावेले आफ्नो माैज्दातमा रहेको सामानबाटै काम चलाइरहेको छ। परिणामस्वरुप उत्पादनमा कमी आएपछि कम्पनीको स्मार्टफोन बिक्री सङ्ख्यामा पनि उल्लेख्य कमी आयो। हाल ह्वावेलाई विश्वमा स्मार्टफोन बिक्री गर्ने अग्रणी कम्पनीहरुको सूचीमा उत्कृष्ट ५ मा पर्न पनि सङ्घर्ष गर्नु परिरहेको छ।

टीएसएमसीसँगको सहकार्य टुटेपछि कम्पनीसँग अब चीनमा बनेका कम क्षमतार गुणस्तरका चिपमा भर पर्नुको विकल्प छैन।

तर हालै साममोबाइल डटकममार्फत् बाहिर आएका जानकारीहरुका अनुसार ह्वावेह्वावे र सामसङले चिपका क्षेत्रमा सहकार्य गर्ने भएका छन्। रिपोर्टमा सामसङले ह्वावेसँग सहकार्य गरेर उसको स्मार्टफोन व्यवसायको डुब्दो अवस्थालाई माथि उठाउने दावी गरिएको छ।

दुवै कम्पनीहरु अत्याधुनिक ५एनएम फ्ल्यागशिप चिप निर्माण र आदानप्रदानको सम्झैतामा पुगेको बुझिएको छ। उक्त चिप ह्वावेको किरिन ९०००एल ५जी प्रोसेसर भएको र यसलाई बनाउन ५एनएम उत्पादन प्रक्रिया अपनाइने छ।

हालका अपुष्ट जानकारी अनुसार किरिन ९०००एल किरिन ९००० र किरिन ९०००ई भन्दा केही कम शक्तिशाली रहेको छ।

TK Viber

प्रकाशित: १३ चैत्र २०७७, शुक्रबार

Loading...