आईफोनको गेमिङ्ग फुटेजलाई आफ्नो फोनको फुटेज भनेर झुक्याउँदै रियलमी ब्राण्ड

Technology Khabar १३ चैत्र २०७७, शुक्रबार

आईफोनको गेमिङ्ग फुटेजलाई आफ्नो फोनको फुटेज भनेर झुक्याउँदै रियलमी ब्राण्ड
Classic Tech

रियलमी हालसालै एन्टुटु स्कोरलाई लिएर विवादमा आयो। अब भने कम्पनी अर्को विवादमा परेको छ। यस समय रियलमीले आफ्नो फोनको सट्टा आईफोन प्रयोग गरीरहेको भेटिएको हो।

ब्रान्डले हालसालै बंगलादेशमा रियलमी नार्जो ३०ए स्मार्टफोन लन्च गरेको छ र लन्चिङ्गको बखत कम्पनीले रियलमी नारजो ३०एको सट्टा खेल स्ट्रिमिङ्गमा आईफोनलाई देखायो। कम्पनी बंगलादेशमा आफ्नो नयाँ फोन सार्वजनिक गरिरहेको बेलामा नार्जो ३०ए मार्फत गेम्सको लाइभ देखाईरहेको थियो ।

माईस्मार्टफोनप्राइजको रिपोर्टका अनुसार ब्रान्डले रियलमी नार्जो ३०ए को सट्टा आईफोन प्रयोग गरेको भेटिएको हो। वास्तवमा, गाईडेड पहुँच (Guided Access) स्ट्रीमिङ्गको क्रममा स्क्रीनमा पप अप हुन्छ। यदि तपाईंले आईफोनमा पब्जी मोबाइल खेल खेल्नुभएको भए, तपाईंले पक्कैपनि यो याद गर्नुभएको छ होला। त्यस्तै गाईडेड एक्सेस लन्च भिडियोमा पप अप हुन्छ जब खेलहरू प्रत्यक्ष स्ट्रिमिङ्ग गर्दै थिए जसमा Guided Access Started, Triple Click the Side Button to Exit को मेसेज प्राप्त हुन्छ ।

यो फिचर केबल आईफोनको लागि मात्र आउँछ। त्यसकारणले नार्जो ३०ए मा यो फिचर पनि हुनसक्ने सम्भव थिएन। यसको मतलब यो हो कि गेमहरुका लागि कम्पनीले रियलमी नार्जो ३०ए स्मार्टफोन प्रयोग गरिरहेको थिएन। यसमा आईफोनको जस्तो गेमिङ्ग अनुभव स्तर प्राप्त गर्न सम्भव छैन।

सो लाइभ स्ट्रिमिङ्गको भिडियो हाल युट्युबमा छैन।

यस विषयमा कम्पनीले स्पष्टिकरण दिएको छ र भनेको छ, ‘महामारीका कारण चलिरहेको परिस्थिति र नियमहरूलाई ध्यानमा राख्दै, नार्जो ३० ए स्मार्टफोनको लन्चिङ्ग भिडियो प्रि-शुट गरिएको थियो। यस लन्च भिडियोमा नार्जो ३०एको ह्यान्ड्स अन गेमिङ्ग भिडियो थियो। राम्रो गुणस्तरको भिडियो आउटपुटका लागि, गेमिङ्ग भाग हाम्रो पार्टनर ए१ ईस्पोर्ट्स टीमद्वारा रेकर्ड गरिएको थियो र पछि भिडियो निर्माताहरूलाई पठाइयो। ए१ ईस्पोर्ट्स टीमले नार्जो ३० ए स्मार्टफोन गेमिङ्ग भागको लागि प्रयोग गर्‍यो, तर गल्तिले दोस्रो फाइल निर्मातालाई हस्तान्तरण गरियो, जुन रियलमी भन्दा बाहिरी स्मार्टफोनको भिडियो थियो। यो समस्या पछि, हामीले तुरून्त हाम्रो पार्टनरलाई सम्पर्क गर्‍यौं, जसले यो जानकारी दिएका छन्। हामी पुनः उत्पादन पछि यो भिडियो प्रकाशित गर्नेछौं। हामी यसको कारणले भएको कुनै पनि समस्याको लागि माफी चाहन्छौं।’ एजेन्सीका साथ

TK Viber

प्रकाशित: १३ चैत्र २०७७, शुक्रबार

Loading...