शाओमी नेपालले पोको ब्राण्ड र रेडमी ब्राण्डका दुई फोनको बजार मूल्य घटायो

Technology Khabar १३ चैत्र २०७७, शुक्रबार

शाओमी नेपालले पोको ब्राण्ड र रेडमी ब्राण्डका दुई फोनको बजार मूल्य घटायो
Classic Tech

शाओमीले आफ्नो पोको ब्राण्ड र रेडमी ब्राण्डका दुई फोनको मूल्य कटौती गरेको छ।

कम्पनीले हालै लन्च गरेका फोनहरु पोको एक्स ३ र रेडमी नोट ९ फोनको मूल्यमा कटौती गरेको हो ।

शाओमी नेपालले पोको एक्स ३ र एक्स ३ एनएफसीको मूल्यमा २ हजार रुपैयाँ घटाएको छ भने रेडमी नोट ९ फोनको मूल्य १ हजार रुपैयाँले घटाएको छ ।

कम्पनीकाअनुसार अब बजारमा पोको एक्स ३ र एक्स ३ एनएफसीको ६जीबी र्याम र १२८ जीबी स्टोरेज भेरिएन्टको बजार मूल्य २९,९९९ रुपैयाँ तोकेको छ भने ८ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य ३१,९९९ रुपैयाँ तोकिएको छ ।

त्यसैगरि कम्पनीले रेडमी नोट नाइनको ४ जीबी र्याम ६४ जीबी स्टोरेजको नयाँ बजार मूल्य १९,९९९ रुपैयाँ तोकेको जनाएको छ ।

TK Viber

प्रकाशित: १३ चैत्र २०७७, शुक्रबार

Loading...