Technology Khabar १३ चैत्र २०७७, शुक्रबार
काठमाडौं ।
स्टिभ जब्सले सन् १९७३ मा हातले लेखेको जागिरको आवेदन २ लाख २२ हजार डलरमा बिक्री भएको छ।
बेलायतको चार्टरफिल्ड्सले गरेको उक्त लिलाम बढाबढ गएको फेब्रुअरीमा सुरु भएर मार्च २४ तारिखमा बन्द भएको थियो।
हातले लेखिएको एक पेजको उक्त आवेदन जब्सले ओरेगनको पोर्टल्याण्डमा रहेको रीड्स कलेज छोडेपछि जागिरका लागि लेखेको पहिलो निवेदन मानिन्छ।
यो आवेदन ठूलो मूल्यमा बिक्री भएको यो पहिलो पटक भने होइन। यसअघि सन् २०१८ मा एउटा टेक फर्मले ठूलो रकम तिरेर यसलाई किनेको थियो।
यो आवेदन एप्पलका सह संस्थापक तथा पूर्व प्रमुख कार्यकारी जब्सले सन् १९७४ मा अटारी कम्पनीमा काम सुरु गर्नुभन्दा एक वर्ष अगाडि लेखेको मानिएको छ।
आवेदनमा जब्सले आफ्नो मुख्य विषय अङ्ग्रेजी साहित्य रहेको र यस बाहेक आफूमा क्याल्कुलेटर र कम्प्युटर डिजाइन प्राविधिकको दक्षता रहेको उल्लेख गरिएको छ।
लिलामीका लागि राखेको चार्टरफिल्ड्सले उक्त निवेदनका बारेमा यसरी वर्णन गरेको छ:
प्रकाशित: १३ चैत्र २०७७, शुक्रबार