दुई बैंकका एटीएम फुटाएर चोरीको प्रयास गर्ने व्यक्ति पक्राउ

Technology Khabar १२ चैत्र २०७७, बिहीबार

दुई बैंकका एटीएम फुटाएर चोरीको प्रयास गर्ने व्यक्ति पक्राउ

काठमाडौं ।

केही दिन अघि एटीएम फुटाएर चोरी गर्ने प्रयास गरी फरार रहेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखा सिरानचोक गाउँपालिका-५ घर भएर हाल ललितपुर च्यासल बस्दै आएका ३० वर्षीय भेषबहादुर थापा रहेको प्रहरीले जनाएको छ।

उनी ललितपुर महानगरपालिका-१४ खुमलटार र विशालचोकस्थित दुई वटा बैंकको एटीएम फुटाएर नगद चोरी गर्न खोजेको आरोपमा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका-१४ खुमलटारस्थित ग्लोबल आइएमई बैंकको एटीएम गत फागुन २८ गते राति र सोही ठाउँ बिशालचोकस्थित सांग्रिला डेभलपमेन्ट बैंकको एटीएम चैत ९ गते फुटाएर नगद चोरी गर्न खोज्ने कार्यमा संलग्न उनलाई ललितपुर महानगरपालिका-१४ ताल्छीखेलस्थित वर्कशपबाट घटनामा प्रयोग भएको बा.३५ प ६१५७ नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका थापामाथि चोरी उद्योगसम्बन्धी कसूरमा महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: १२ चैत्र २०७७, बिहीबार

ताजा समाचार