चिनियाँ ह्याकरहरुको मालवयर फैलाउने प्रयास विफल बनाएको फेसबुकको दावी

Technology Khabar १२ चैत्र २०७७, बिहीबार

चिनियाँ ह्याकरहरुको मालवयर फैलाउने प्रयास विफल बनाएको फेसबुकको दावी

काठमाडौं ।

चीनका केही ह्याकरहरुले फर्जी एकाउन्टमार्फत् मालवयर तथा हानिकारक लिंक शेयर गर्न गरेको विफल पारेको फेसबुकले दावी गरेको छ।

ती ह्याकरहरु अर्थ एम्पुसा तथा इभल आई समूहसँग सम्बद्ध रहेका र चीनको सिन्जियाङ प्रान्तसँग सम्बन्धित भइ हाल टर्की कजाख्स्तान अमेरिका सिरिया अस्ट्रेलिया तथा क्यानडामा बसिरहेका बुझिएको छ।

उनीहरुले विशेष गरी पत्रकार, अभियन्ता तथा सरकारका नीतिहरुको विरोध गर्नेहरुलाई लक्षित गरेका बताइएको छ।

कम्पनीले ह्याकरहरुको यो योजनाको मुख्य उद्देश्य लक्षित गरिएका व्यक्तिहरुका विवरण हात पार्न उनीहरुका मोबाइल डिभाइसमा निगरानी गर्नका लागि हानिकारक लिंक पठाउनु रहेको बताएको छ।

फेसबुकमार्फत् शेयर गरिने यस्ता लिंकहरुमा सही र फर्जी दुवै खालका समाचार साइटहरु तथा फर्जी एन्ड्रोइड एप स्टोरहरुका लिंक समावेश रहने पाइएको छ।

फर्जी र हानिकारक कोडहरुसहितका मालवयर लक्षित व्यक्तका डिभाइससम्म पुर्याउन ह्याकरहरुले टर्कीका समाचार साइटहरुका नक्कली डोमेन बनाएको पनि पाइएको छ।

त्यसबाहेक तेस्रो पक्षका एप स्टोरहरुजस्तै बनाएर त्यसमा मेलवयरको कोड सहितका एपहरु डाउनलोडका लागि राखेको पनि भेटिएको छ।

फेसबुकले ती ह्याकरहरुले आफ्नो गतिविधि लुकाउन सजिलो होस् भन्ने हेतुले आईओएस मेलवयरमार्फत मात्र मानिसहरुका डिभाइसमा हमला गरेका बताएको छ।

easy care

प्रकाशित: १२ चैत्र २०७७, बिहीबार