विश्वमा सबैभन्दा धेरै फिशिङ आक्रमण हुने देशमा ब्राजिल पहिलो

Technology Khabar १२ चैत्र २०७७, बिहीबार

विश्वमा सबैभन्दा धेरै फिशिङ आक्रमण हुने देशमा ब्राजिल पहिलो

काठमाडौं ।

ब्राजिलमा फिशिङ आक्रमण घटना विश्वमै सबैभन्दा बढी हुने गरेको पाइएको छ। एक अध्ययनका अनुसार गत वर्षमात्रै ब्राजिलका ५ मध्ये १ इन्टरनेट प्रयोगकर्ता फिशिङको शिकार भएका थिए।

साइबर सेक्युरिटी फर्म क्यास्परस्कीले फिसिङसम्बन्धमा गरेको उक्त अध्ययनको रिपोर्ट अनुसार ब्राजिल विश्वकै सबैभन्दा बढी साइबर हमला हुने पाँच देशमध्ये पहिलो नम्बरमा पर्दछ। ब्राजिलपछि क्रमश: पोर्चुगल, फ्रान्स ट्युनिशिया र फ्रेन्च गुयना रहेका छन्।

यी घटनाहरु बढ्नुमा मुख्यगरी इन्टरनेटको प्रयोगमा वृद्धि हुनु साथै इन्टरनेटसँग सम्बद्ध मोबाइल ब्यांकिङ, अनलाइन बजार, कोरोनाका कारण घरबाटै काम आदि कारण देखिएको अध्ययनमा उल्लेख छ।

कोरोना महामारीका बेला यस्ता आक्रमण धेरै बढेको र आक्रमणकारीले विभिन्न मास्क स्यानिटाइजर तथा अन्य अत्यावश्यक वस्तुहरु बेच्ने अनलाइन बजारका पोर्टलमार्फत् मानिसहरुका अनलाइन एकाउन्टका विवरण, बैंकका अनलाइन कारोबार पासवर्ड प्राप्त गर्नका लागि फिशिङ आक्रमण गरेको अध्ययनले देखाएको छ।

तर अर्कोतिर क्यास्परस्कीको यही अध्ययनले इन्टरनेट प्रयोगकर्तामाझ सुरक्षा चुनैतीसम्बन्धी चेतनामा भने वृद्धि भएको पाएको छ। सन् २०१९ मा फिशिङ साइटमा क्लिक गर्नेको संख्या ३० प्रतिशत रहेकोमा यो सन् २०२० मा घटेर २० प्रतिशतमा झरेको तथ्याङ्क छ।

‘यसले यसप्रकारका अफवाहका बारेमा गरिएका अभियान तथा चेतावनीले प्रयोगकर्ताहरुलाई थप सतर्क बनाएको छ तर तथ्याङ्क निकै खराब देखिएकोले यस क्षेत्रमा अझै धेरै काम गर्नुपर्ने देखिएको छ’,  क्यास्परस्की ब्राजिलका वरिष्ठ सुरक्षा विश्लेषक फाबियो एस्सोलिनीले भने।

Global Bank
easy care

प्रकाशित: १२ चैत्र २०७७, बिहीबार