सामाजिक सञ्जालमा अरुले ह्याक गर्न नसक्ने खालका पासवर्ड राख्न ब्युरोको आग्रह

Technology Khabar १२ चैत्र २०७७, बिहीबार

सामाजिक सञ्जालमा अरुले ह्याक गर्न नसक्ने खालका पासवर्ड राख्न ब्युरोको आग्रह
Classic Tech

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालका पासवर्डहरु अन्य व्यक्तिले थाहा पाउन र परिवर्तन गर्न नसक्ने खालको राख्न सबैलाई आग्रह गरेको छ।

पछिल्लो समयमा फेसबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सएप तथा इमोजस्ता सामाजिक सञ्जाल तथा एपहरुका पासवर्ड ह्याक गरी त्यसैमार्फत् विभिन्न साथीभाइ तथा आफन्तहरुसँग रकम माग गर्ने अपराधहरु बढिरहेका छन्।

साइबर ब्युरोमा यस्तै उजुरीहरु दिनदिनै बढ्दै जान थालेपछि सुरक्षित हुनका लागि ब्युरोले सर्वसाधारणलाई विज्ञप्तिमार्फत् यस्तो आग्रह गरेको हो।

यसबाहेक ब्युरोले आफ्ना पासवर्डहरु परिवर्तन गर्ने साथै सुरक्षाका लागि मल्टि फ्याक्टर अथेन्टिकेशनजस्ता उपायहरु अपनाउन पनि आग्रह गरेको छ।

TK Viber

प्रकाशित: १२ चैत्र २०७७, बिहीबार

Loading...