Technology Khabar १२ चैत्र २०७७, बिहीबार
एप्पलले अर्को महिना सार्वजनिक गर्ने आईप्याड प्रोमा ए१४एक्स चिप प्रयोग गर्ने भएको छ।
हालै बाहिरिएका केही चर्चा परिचर्चाका अनुसार डेभलपर र बिटा यूजरहरुका लागि हालै सार्वजनिक भएको आईओएसको १४.५ कोडमा उक्त चिपको बारेमा केही संकेत पाएको ९टु५ म्याकले उल्लेख गरेको छ।
एप्पलका प्रत्येक चिपको एउटा कोडनेम हुन्छ। आईओएस १४.५ मा १३जी चिप प्रयोग भएको छ। १३जी चिप ए१४ बायोनिक चिपको एउटा भेरियन्ट भएकाले यो चिप नै ए१४एक्स एसओसी चिप भएको पुष्टि हुने ९टु५ म्याकले जनाएको छ।
ए१४एक्स कम्पनीले पहिलोपटक एप्पल सिलिकन म्याकमा प्रयोग गरेको एम१ चिपमा आधारित भएकाले अब आउने आईप्याड प्रोमा एम१ चिपजस्तै छिटो चल्ने अपडेटेड चिप प्रयोग गरिने भन्ने केही समयअघि ब्लुमबर्गले उल्लेख गरेको तथ्य सही सावित भएको बुझिएको छ।
अब आउने आईप्याडका कोडहरु जे५१७, जे५१८, जे ५२२ र जे५२३ रहने बताइएको छ।
प्रकाशित: १२ चैत्र २०७७, बिहीबार