सिंगापुरमा सामान ढुवानी गर्न रोबोटको प्रयोग

Technology Khabar १२ चैत्र २०७७, बिहीबार

सिंगापुरमा सामान ढुवानी गर्न रोबोटको प्रयोग
Classic Tech

सिंगापुरमा खाना तथा खाद्यपदार्थ ढुवानीका लागि रोबोटको प्रयोग गर्न थालिएको छ।

हाल परीक्षणमा क्रममा रहेको यो योजना अन्तर्गत सिंगापुरका सडकमा यस्ता थुप्रै रोबोटहरु तोकिएका ठाउँमा सामान डेलिभरीका लागि जाँदै गरेको भेट्न सकिन्छ।

सिंगापुर सरकारले यो योजनालाई आगामी दिनमा सामान ढुवानीका क्षेत्रमा अझै धेरै परिचालन गर्ने बताएको छ।

अहिले सपिङ मलमा सामान किनेर त्यसलाई घरसम्म पुर्याउन लगाउने र आफू अन्य काममा लाग्न सक्ने व्यवस्था छ। अनलाइनबाट अर्डर गर्ने सुविधा दिइएको छैन।

रोबोट कुरियरद्वारा हालका लागि खाना, फूल तथा औषधीजस्ता बिग्रन सक्ने सामानको डेलिभरी गरिने व्यवस्था भएको सिंगापुरको इन्फोकम मिडिया अथोरिटी आईएमडीएले विज्ञप्ति मार्फत् जानकारी दिएको छ।

आईएमडीए रोबोट कुरियर परियोजना सञ्चालन गरिरहेको सरकारी निकाय हो।

यो योजना स्थानीय हाउजिङ एन्ड डेभलपमेन्ट बोर्ड, स्थल यातायात प्राधिकरण, शहरी पुनर्विकास प्राधिकरण तथा स्थानीय रसद सेवा प्रदायक सीएम लजिस्टक्स, सुपरमार्केट कम्पनी एनटीयूसी फेयरप्राइस तथा टेक्नोलोजी भेन्डर ओटीएसएडब्लुसँगको सहकार्यमा अगाडि बढ्ने पनि जनाइएको छ।

यस्ता रोबोट कुरियरको प्रयोगबाट आईएमडीएले अटोनोमस न्याभिगेशनका लागि तथा अवरोधहरु पत्ता लगाउने र छल्ने प्रयोजनका लागि आर्टिफिसियल इन्टेलिजेन्सजस्ता प्रविधिको प्रयोग गर्न खोजेको बुझिएको छ।

TK Viber

प्रकाशित: १२ चैत्र २०७७, बिहीबार

Loading...