Technology Khabar १२ चैत्र २०७७, बिहीबार
काठमाडौं ।
सामसङले स्थानीय पार्टनर स्पार्कसँगको साझेदारीमा न्यूजिल्याण्डमा आफ्नो पहिलो फाइभजी नेटवर्क सुरु गरेको छ।
सामसङले फाइभजी आरएएन विस्तार गरेपछि हालै स्पार्कको नयाँ फाइभजी नेटवर्क क्राइस्टचर्चबाट सुरु गरिएको हो।
स्थानीय सरकारले ह्वावेका पूर्वाधार र प्रविधि प्रयोग गर्न प्रतिबन्ध लगाएपछि स्पार्कले सामसङलाई आफ्नो फाइभजी भेन्डर बनाएर सेवा सुरु गरेको हो।
‘हामी फाइभजी नेटवर्कका क्षेत्रमा स्पार्कसँग साझेदारी गर्न पाउँदा हाैसिएका छाैं। क्राइस्टचर्चमा रहेको यो परियोजना सामसङको फाइभजी यात्राको अर्को कोशेढुंगो सावित भएको छ,’ सामसङ इलेक्ट्रोनिक्स न्यूजिल्याण्डका प्रबन्ध निर्देशक मिन सु चु ले भने।
यस परियोजना अन्तर्गत क्राइस्टचर्चबाहेक अन्य पाँच ठाउँमा पनि फाइभजी नेटवर्क सञ्चालनमा आएका छन्। तीमध्ये वायरलस ब्रोडब्याण्ड सेवा अक्ल्याण्ड, डुनेडिन पाल्मर्स्टन नर्थ न्यू प्लाइमाउथ र टे आवामुटुका साथै साउथ आइल्याण्डका ६ वटा टापूमा उपलब्ध छ।
फाइभजी लञ्चको घोषणा गर्दै स्पार्क टेक्नोलोजीका प्रमुख रिची माटेपाराएले कम्पनीले सन् २०२३ भित्र देशैभर फाइभजी नेटवर्क पुर्याउने प्रतिबद्धता जाहेर गरे।
प्रकाशित: १२ चैत्र २०७७, बिहीबार