मोबाइल यताउता पर्यो वा हरायो? यसरी खोज्नुस्

Technology Khabar १२ चैत्र २०७७, बिहीबार

मोबाइल यताउता पर्यो वा हरायो? यसरी खोज्नुस्
Classic Tech

हामी कहिलेकाहीँ आफ्नो फोन यताउता राखेर भुल्दछाैं भने कहिलेकाहीँ फोन चोरी हराउन वा चोरी पनि हुन सक्छ। यस्तोमा फोन पत्ता लगाउन वा खोज्न सारै झण्झटिलो हुन सक्छ।

तर केही यस्ता उपायहरु छन् जसका माध्यमबाट हामी हाम्रा हराएका, भुलिएका वा चोरिएका फोनलाई पत्ता लगाउन सक्छाैं।

फोन कतै राखेर बिर्सिएको अवस्थामा हामी त्यसमा पेयर गरिएको स्मार्टवाचमार्फत फाइन्ड माइ फोन फिचरको प्रयोग गर्न सक्छाैं।

तर फोन घर बाहिर कतै हरायो वा चोरी भयो भने योभन्दा अलि बढी मेहनत गर्नुपर्ने हुन्छ।

फाइन्ड माइ फोन एन्ड्रोइडले उपलब्ध गराएको यस्तो फिचर हो जसबाट हराएको फोनलाई परबाट नै पिन पासवर्ड वा प्याटर्न सेट गरेर डाटा र महत्वपूर्ण विवरण अन्य व्यक्तिबाट सुरक्षित गर्न सकिन्छ।

फाइन्ड माइ फोन फिचर कसरी चलाउने?

यसबाहेक यसबाट हराएको फोनबाट आफ्ना विवरण हटाउने सुविधा पनि  पाइन्छ।

हराएको फोन  भेटिनका लागि उक्त फोन अन भएको, गुगल एकाउन्टमा साइन इन भएको, मोबाइल इन्टरनेटमा जोडिएको तथा फाइन्ड माइ डिभाइस भन्ने एप पनि अन भएको हुनुपर्छ।

यदि यी सबैकुराहरु पहिलेदेखि नै अन छन् भने तलका चरणहरु फलो गर्न सकिन्छ।

१ सबैभन्दा पहिले कुनै कम्प्युटर वा ल्यापटपमार्फत् https://www.google.com/android/find लिंकमा क्लिक गरेर आफ्नो गुगल एकाउन्ट साइन इन गर्नुहोस्। साइन इन भएपछि तपाईँको डिभाइस बाया तर्फको माथिल्लो कुनामा देखा पर्दछ। यसलाई क्लिक गरेर ब्याट्रीको अवस्था र अन्तिमपटक अनलाइन भएको जानकारी लिन सकिन्छ।

२. यसपछि गुगलले तपाईँको फोन रहेको लोकेशन देखाउँछ।

३. यदि तपाईँ फोन देखिएको ठाउँ चिन्नुहुन्छ भने त्यहीँ गएर कल गर्न सक्नुहुन्छ। यो फोन ५ मिनेटसम्म लगातार गइरहन्छ। यसबाट फोन साइलेन्ट मोडमै भएक पनि यसको आवाज सुनेर फोन भेटाउन सकिन्छ।

४. उक्त फोन कुनै सुनसान ठाउँमा रहेको देखिएमा एक्लै नगइ प्रहरीको मद्दत लिन सकिन्छ।

५. यदि फोनलाई परबाट नै लक गर्न चाहनुहुन्छ भने सेक्योर योर डिभाइस अप्शन सेलेक्ट गर्न सकिन्छ। यसबाट तपाईँको फोन लक मात्र नभइ गुगल एकाउन्ट पनि साइन आउट हुन्छ।

TK Viber

प्रकाशित: १२ चैत्र २०७७, बिहीबार

Loading...