एप्पलले आईफोन १३ सेप्टेम्बरमा सार्वजनिक गर्ने

Technology Khabar ११ चैत्र २०७७, बुधबार

एप्पलले आईफोन १३ सेप्टेम्बरमा सार्वजनिक गर्ने
Classic Tech

अमेरिकी कम्पनी एप्पलले आईफोनको नयाँ भर्जन आईफोन १३ आगामी सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ ।

एप्पलले हरेक वर्षको सेप्टेम्बर महिनामा आईफोनका नयाँ भर्जन तथा अरु उत्पादन गर्दै आएकाले विश्लेषकहरुले यो वर्ष पनि सेप्टेम्बरमा आईफोन १३ आउने आकलन गरेका हुन्।

विश्लेषक डान इभ्सले गरेको एप्पलको सप्लाइ चेन विश्लेषण अनुसार सेप्टेम्बरको तेस्राो हप्तासम्ममा आईफोन १३ सार्वजनिक भइसक्नेछ। तर यसबारे कम्पनीको आधिकारिक धारणा भने आएको छैन।

उनका अनुसार कम्पनीले यस वर्ष आईफोन १३ को उत्पादन गत वर्षको आईफोन १२ भन्दा २५ प्रतिशत बढी गर्ने भएको छ।

यसै विश्लेषणलाई आधार मान्दा आईफोन १३ मा सानो नच, उच्च रिफ्रेश रेट तथा सुधारिएको क्यामराजस्ता थुप्रै अपग्रेडहरु रहनेछन्।

TK Viber

प्रकाशित: ११ चैत्र २०७७, बुधबार

Loading...