क्लबहाउस जस्तै अडियो प्लेटफर्म ल्याउँदै फेसबुक

Technology Khabar ११ चैत्र २०७७, बुधबार

क्लबहाउस जस्तै अडियो प्लेटफर्म ल्याउँदै फेसबुक
Classic Tech

फेसबुकले लाइभ अडियो नाम गरेको क्लबहाउस जस्तै अडियो प्लेटफर्म ल्याउने भएको छ।

गएको फेब्रुअरीमा कम्पनीले क्लबहाउससँग प्रतिस्पर्धामा आउने खालको अडियोमा आधारित सामाजिक सञ्जालमा काम गरिरहेको बताएको थियो।

हालै यसको केही झलक बाहिरिएको छ।

डेभलपर तथा रिभर्स इन्जिनीयर अलेस्सान्द्रो पलुजीले उक्त नयाँ फिचर फेसबुक मोबाइल एपमा इनेबल गर्ने तरिका बाहिर ल्याएका छन्। टेकक्रन्चले हालै केही तस्बिरहरु सार्वजनिक गरेको थियो।

यो हाल डेभलपरहरुका लागि मात्र उपलब्ध छ। यो फिचर मेसेञ्जर रुममा जोडिनेछ जुन फेसबुकको अडियो तथा भिडियो प्लेटफर्म हो।

सामान्य प्रयोगकर्ताले छिट्टै नै ‘लाइभ अडियो’ सुरु गर्ने अप्शन पाउनेछन् जसबाट ट्विटर स्पेसेज तथा क्लबहाउसमा जस्तै उक्त ग्रुपमा भएकाहरुले प्रयोगकर्ताले लाइभ गरेका अडियो सुन्न सक्नेछन्।

लाइभ रुम क्रियट गरेपछि प्रयोगकर्ताले उक्त कुराकानीमा अन्य सहभागीहरुलाई फेसबुक पोस्ट, प्रत्यक्ष मेसेज वा मेसेन्जरमार्फत् पब्लिक लिंक बाँड्न सकिन्छ।

यसमा प्रयोगकर्ताको प्रोफाइल पिक्चर गोलो आकारमा आउनेछ क्लबहाउसमा जस्तै वक्ता, वक्तालाई फलो गर्नेहरु तथा अन्य समूहमा बाँडिनेछ।

पलुजीले यो हालै पूरा नभइकेको र प्रचलनमा आइहाल्ने सम्भावना भएकाले बनेर आउँदा ठ्याक्कै यस्तै हुन्छ भन्न नसकिने बताए। तर फेसबुकले क्लबहाउसबाट थुप्रै प्रेरणा लिएकाले लाभइ अडियो र

TK Viber

प्रकाशित: ११ चैत्र २०७७, बुधबार

Loading...