नासाले यहि अप्रिलमा मंगलग्रहमा पहिलो हेलिकप्टर उडान गर्ने

Technology Khabar ११ चैत्र २०७७, बुधबार

नासाले यहि अप्रिलमा मंगलग्रहमा पहिलो हेलिकप्टर उडान गर्ने
Classic Tech

अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले यहि अप्रिलको शुरुमा र संभवत अप्रिल ८ तारिखमा मंगलग्रहमा पहिलो हेलिकप्टर उडान गर्ने अपेक्षा गरेको छ।

पर्सिभेरन्स रोभरले सानो हेलिकप्टर रेड प्लानेटमा लगेको छ, जुन रोभरले एक महिना भन्दा पहिले जेजेरो क्रेटरमा यसको नाटकीय ल्यान्डिङ्ग गरेको थियो।

‘इनज्यूनिटी’ भनिने सो सानाे हेलिकप्टर १८ केजीको छ जुन ट्वीन रोटर एयरक्राफ्ट हो ।  सो हेलिकप्टरले मंगलग्रहको हावामा दुर्लभ छोटो उडान श्रृंखलाको प्रयास गर्नेछ ।

‘यदि सफल भयो भने, यसले ‘राइट ब्रदर्स समय’ को प्रतिनिधित्व गर्दछ,’ नासाले भनेको छ।

यो ओर्भिल र विल्बर राइटको रेफरेन्स हो, जसले १९०३ मा यहाँ पृथ्वीमा ऐतिहासिक पहिलो विमान उडान गरेका थिए। र त्यो समयको अवस्थालाई सम्पर्क र चिन्हित गर्न एजेन्सीले राइट दाजुभाइहरूको विमानको एक पखेटामा रहेको हुलाक टिकट आकारको कपडालाई इनज्यूनिटीमा टाँसिएको खुलासा गरेको छ।

सो हेलिकप्टर अझै पनि पर्सिभेरन्ससंग यसको पेटमा जोडिएको छ। त्यसमा राखिएको सुरक्षा कवच भने गत सातामा हटाईएको थियो र आउँदो दिनमा सो क्राफ्ट भुईमा हुनेछ।

ईन्जिनियरहरूले १० मिटरको वृतकार क्षेत्र जेजेरोमा पहिचान गरेका छन र उनीहरूले त्यसलाई एयरफील्ड भएको बताईरहेका छन्।

यो ९० मिनेटको उडान हुनेछ र पर्सिभेरन्सको क्यामरामा सबै रेकर्ड गर्ने प्रयास गर्नेछ। जसमा तस्वीर र भिडियो दुबै लिने प्रयास गरिनेछ।

दुबै रोभर र हेलिकप्टरले अटोनोमस अर्थात स्वतन्त्र रूपमा कार्य गर्दछन् ।

इनज्यूनिटीलाई एकदम हल्का बनावटसहित तयार पारिएको छ। यो मंगल ग्रहको निकै कम हावा भएको वातावरणमा पनि उचाई प्राप्त गर्न सक्ने किसिमको छ।

यसमा चारवटा विशेष कार्बन फाइबर ब्लेडहरू छन्, दुईवटा १ मिटर लामो रोटर्समा मिलाइएको जुन प्रति मिनेट २,४०० आरपीएममा विपरित दिशामा स्पिन हुन्छ। त्यो ब्लेड पृथ्वीमा यात्रु हेलिकप्टरको ब्लेड खोल्नु भन्दा ८ गुणा तिब्र किसिमको रहेको छ।

ईन्जिनियरहरूले पहिलो उडानको लागि योजना बनाएका छन जुन सामान्य हेलिकप्टरले जमिनबाट करीव ३ मिटरको उडान गर्नेछ र ३० सेकेण्डसम्म घुम्नेछ र त्यसपछि फेरि तल सेट गर्नको लागि झर्नेछ। एजेन्सीका साथ

TK Viber

प्रकाशित: ११ चैत्र २०७७, बुधबार

Loading...