माइक्रोसफ्टले मेसेजिङ प्लेटफर्म डिस्कोर्डलाई १० अर्ब डलरमा किन्न छलफल गर्दै

Technology Khabar १० चैत्र २०७७, मंगलवार

माइक्रोसफ्टले मेसेजिङ प्लेटफर्म डिस्कोर्डलाई १० अर्ब डलरमा किन्न छलफल गर्दै

काठमाडौं ।

टेक कम्पनी माइक्रोसफ्ट कर्पोरेसनले मेसेजिङ प्लेटफर्म डिस्कोर्ड इंकलाई खरिद गर्ने भएको छ।

माइक्रोसफ्टले डिस्कोर्डलाई १० अर्ब डलरमा खरिद गर्नका लागि कुराकानी अगाडी बढाएको ब्लुमबर्गले एक रिपोर्टमा उल्लेख गरेको छ।

डिस्कोर्डले धेरै खरिदकर्ताहरुसँग कुराकानी गरिरहेको मध्ये माइक्रोसफ्ट त्यसमध्ये एक प्रमुख खरिदकर्ता भएको बताइएको छ ।

केहिदिन अघि मात्र भेन्चरबिटले डिस्कोर्ड खरिद गर्नका लागि केही पार्टीहरुसँग सल्लाह गरिरहेको रिपोर्ट प्रकाशित गरेको थियो ।

गत डिसेम्बरमा लगभग ७ अर्ब डलरको मूल्य गरिएको थियो । डिस्कोर्ड एक प्लेटफर्म हो जसमा प्रयोगकर्ताहरूले समूह गतिविधिहरू जस्तै खेल, छलफल र भर्चुअल पार्टीहरू समन्वय गर्दछन्।

एक्सबक्स निर्माता माइक्रोसफ्टले गत वर्ष जेनिथ म्याक्स मीडियालाई ७.५ अर्ब डलरमा अधिग्रहण गरेसँगै आफ्नो भिडियो गेम अफरिङ्गलाई ससक्त पार्न लागेको छ ।

कोभिड १९ महामारीले खेल कम्पनीहरूको सम्भावना बढाएको छ किनकि मानिसहरू घरमै बस्छन् र लकडाउन्डको समयमा मनोरन्जनका लागि भिडियो गेमहरूतिर लाग्छन्।

माइक्रोसफ्टले टिकटलाई पनि किन्ने चाहना राखेको थियो तर सो डिल असफल भएको थियो । रोयटर्स

easy care

प्रकाशित: १० चैत्र २०७७, मंगलवार