कोभिड-१९ भ्याक्सिन तथा फर्जी नेगेटिभ रिपोर्ट बिक्री लागि डार्कनेटमा उपलब्ध

Technology Khabar १० चैत्र २०७७, मंगलवार

कोभिड-१९ भ्याक्सिन तथा फर्जी नेगेटिभ रिपोर्ट  बिक्री लागि डार्कनेटमा उपलब्ध
Classic Tech

कोभिड १९ भ्याक्सिन, भ्याक्सिन पासपोर्ट तथा नेगेटिभ नतिजा आएका फर्जी रिपोर्टहरु डार्कनेटमा बिक्री हुन थालेकJ पाइएको छ।

अन्तरराष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार यहाँ उपलब्ध भ्याक्सिनहरुको मूल्य कम्पनीअनुसार फरक फरक रहेका छन्। एस्ट्राजेनेका, स्पुत्निक, सिनोफार्म तथा जोन्सन एन्ड जोन्सनका भ्याक्सिनहरु प्रति डोज ५०० देखि ७५० डलरसम्म मूल्यमा बिक्रीमा राखिएको छ।

यस बाहेक नेगेटिभ नतिजा आएका फर्जी रिपोर्टहरु पनि १५० डलरसम्ममा बिक्रीमा उपलब्ध छन्।

अनुसन्धानकर्ताहरुले डार्कनेटमा कोभिड १९ भ्याक्सिन सम्बन्धी विज्ञापनहरु तीव्ररुपमा बढिरहेको पाएका छन्। तर ती भ्याक्सिनहरु सही भए नभएको यकिन भने भएको छैन।

डार्क वेबका रुपमा चिनिने डार्कनेट विशेष ब्राउजरका माध्यमबाट मात्र लिन सकिने इन्टरनेट सेवा हो।

भ्याक्सिनबारे पहिलो पटक विज्ञापन आएको जनवरीदेखि नै साइबर सुरक्षा कम्पनीका अनुसन्धाताहरुले ह्याकिङ फोरमहरु तथा अन्य बजारहरुको अनुगमन गरिरहेका छन्।

यस्ता विज्ञापनहरु अहिले १२०० हाराहारीमा भएको तथ्याङ्क छ। यसमा भ्याक्सिन बिक्रेताहरु अमेरिका बेलायत स्पेन जर्मनी फ्रान्स तथा रुसका रहेका भेटिएको छ। विज्ञापनमा भोलिपल्टै भ्याक्सिन डेलिभरी गरिने पनि लेखिएको पाइएको छ।

TK Viber

प्रकाशित: १० चैत्र २०७७, मंगलवार

Loading...