नेपाल सुनचाँदी ब्यवसायीले नेपाल बङ्गलादेश बैंकको क्युआर कोड प्रयोग गर्ने

Technology Khabar १० चैत्र २०७७, मंगलवार

नेपाल सुनचाँदी ब्यवसायीले नेपाल बङ्गलादेश बैंकको क्युआर कोड प्रयोग गर्ने

काठमाडौं ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश बैंक बीच बैंकिङ साझेदारी सम्वन्धी सम्झौता भएको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य र नेपाल बंगलादेश बैंककी डेपुटी जनरल म्यानेजर सलोनिका सिंहले मंगलबार काठमाडौंमा आयोजित बिशेष समारोहकावीच सो बैंकिङ साझेदारी सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

महासंघ र बैंकवीच भएको सम्झौता अनुरुप अवदेखि महासंघ अन्तर्गत विभिन्न जिल्ला तथा नगरमा आवद्ध ब्यवसायी तथा एशोसिएट्स सदस्यहरुले नेपाल बैंगलादेश बैंकको क्युआर कोड प्रयोग गरी कारोबार गर्न पाउने छन् ।

जसले सुनचाँदीको कारोबार गर्दा नगदमा नै गर्नुपर्ने झन्झटको अन्त्य गरेको महासंघका अध्यक्ष शाक्यले बताए । यो सम्झौतापछि महासंघका आवद्ध ब्यवसायीहरुले नेपाल बंगलादेश बैंक मार्फत उपलब्ध हुने विभिन्न किसिमका बैंकिङ सेवाहरु सरल र सहुलियतपूर्ण रुपमा प्रयोगगर्न पाउने उनले बताए ।

दुई संस्थावीचको सहमतिपश्चात महिला, दलित, विपन्न, अल्पसंख्यक लगायतका वर्गकालागि पनि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंकले सहयोग गर्ने छ । यस बाहेक बैंकले उपलब्ध गराउने सवैखालमा बैंकिङ सेवाहरु सरलर सहज रुपमा उपलब्ध गराउन पनि बैंकलेसहयोग गर्ने छ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले समेत डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति अवलम्वन गर्दै आएको छ । सोही नीति अनुरुप महासंघले पहिलो चरणमा नेपाल बंगलादेश बैंकसँग बैंकिङ सहकार्यको सम्झौतामा हस्ताक्षर गरेको हो।

महासंघले आवश्यकता अनुसार अन्य बैंक तथा वित्तिय संस्थाहरुसँग समेत यस किसिमको सम्झौता गर्दै जाने जनाएको छ।

easy care

प्रकाशित: १० चैत्र २०७७, मंगलवार

ताजा समाचार