सामसङको ग्यालेक्सी ए७२ नेपाली बजारमा

Technology Khabar १० चैत्र २०७७, मंगलवार

सामसङको ग्यालेक्सी ए७२ नेपाली बजारमा

काठमाडौं ।

सामसङ मोबाइल नेपालले हालै आफ्नो ए सिरिजको नयाँ स्मार्टफोन सामसङ ग्यालेक्सी ए७२ नेपाली बजारमा सार्वजनिक गरेको छ।

स्मार्टफोन उत्पादन र बिक्रीका हिसाबले विश्वकै अग्रणी कम्पनी सामसङले नेपालमा पनि वर्षैंदेखि नेपाली उपभोक्ताहरुका लागि आवश्यक नयाँ नयाँ स्मार्टफोन तथा डिभाइसहरु उपलब्ध गराउँदै आएको छ।

‘हामी निरन्तर रुपमा आफ्ना ग्राहकका आवश्यकता अनुसारका प्रविधि र उत्पादनहरु उपलब्ध गराउँदै आएका छाैं। सुलभ मूल्यमा नवीनतम प्रविधि उपलब्ध गराउने हाम्रो प्रतिवद्धता पूरा गर्नका लागि ग्यालेक्सी ए७२ सार्वजनिक गरिएको हो’, सामसङ मोबाइल नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने।

यस्तो छ स्पेसिफिकेसन:

क्यामरा

सामसङ ग्यालेक्सी ए७२ मा क्वाड क्यामरा सेट अप रहेको छ। जसमा मुख्य क्यामरा ६४ मेगापिक्सेलको रहनेछ भने एउटा १२ मेगापिक्सेलको अल्ट्रा वाइड एङ्गल, ८ मेगिपिक्सेल टेलिलेन्स तथा ५ मेगापिक्सेलको म्याक्रो लेन्स रहेका छन्।

डिस्प्ले

यो डिभाइसमा ६.७ इन्चको सुपर एमोलेड फुल एचडी प्लस डिस्प्ले राखिएको छ। यसको रिफ्रेश रेट ९० हर्ज रहेको छ भने यो फोन आईफी६७ सर्टिफाइड भएकाले धूलो र पानी प्रतिरोधात्मक रहेको छ।

मेमोरी/स्टोरेज

ग्यालेक्सी ए७२ १२८ र २५६ जीबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध छ भने दुवैमा ८ जीबी र्याम दिइएको छ।

प्रोसेसर

यस स्मार्टफोनमा क्वालकमको स्न्यापड्रागन ७२०जी चिपसेट दिइएको छ भने यो एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा चल्दछ।

ब्याट्री

६.७ इन्चको सुपर एमोलेड डिस्प्ले भएकाले यसलाई पावर दिनका लगि कम्पनीले यो डिभाइसमा ५००० एमएएचको शक्तिशाली ब्याट्री राखेको छ। यसबाट यो फोन २ दिनसम्म चल्न सक्ने कम्पनीको दावी छ।

मूल्य तथा रंग

यो स्मार्टफोनको ८ जीबी र्याम र १२८ जीबी आन्तरिक मेमोरी भएको भेरियन्टको नेपाली बजार मूल्य ५१ हजार ९९९ तोकिएको छ। यस्तै ८ जीबी र्याम र २५६ जीबी आन्तरिक मेमोरी भएको भेरियन्टको मूल्य ५६ हजार ९९९ राखिएको छ।

यी सबै भेरियन्टहरु कम्पनीले असम भायोलेट, असम ब्लू र असम ब्ल्याक रंगमा उपलब्ध गराएको छ।

easy care

प्रकाशित: १० चैत्र २०७७, मंगलवार