सामसङले पहिलो पटक आफ्ना फोनहरुमा बीओईका ओएलईडी डिस्प्ले प्रयोग गर्ने

Technology Khabar १० चैत्र २०७७, मंगलवार

सामसङले पहिलो पटक आफ्ना फोनहरुमा बीओईका ओएलईडी डिस्प्ले प्रयोग गर्ने

काठमाडौं ।

दक्षिण कोरियाबाट आएको एक नयाँ रिपोर्टका अनुसार, चीनको सबैभन्दा ठूलो डिस्प्ले निर्माता बीओईले पहिलो पटक सामसङका स्मार्टफोनहरूका लागि ओएलईडी प्यानलहरू प्रदान गर्ने तयारी गर्दैछ। चाखलाग्दो कुरा के छ भने यी सबै फ्लेक्जिबल प्यानल हुनेछन्।

यो कोरियाली डिस्प्ले निर्माताहरुको एक मुख्य उत्पादन हो। चीनको डिस्प्ले उद्योगको द्रुत विकासको कारण, सामसङले बीओईको साथ सहकार्य गर्न लागेको बताईएको छ । बीओईको ओएलईडी डिस्प्लेको आपूर्तिले कोरियाली डिस्प्ले उद्योगमा महत्वपूर्ण असर पार्नेछ।

सामसङ इलेक्ट्रोनिक्सले केहि ग्यालेक्सी एम श्रृंखला मोडेलहरूको लागि बीओईको लचिलो अर्थात फ्लेक्जिबल ओएलईडी प्रयोग गर्ने योजना बनाएको छ। यी स्मार्टफोनहरू यस बर्षको दोस्रो अर्ध वार्षिकमा आधिकारिक हुनेछन्।

सामसङ इलेक्ट्रोनिक्सले बीओईको फ्लेक्जिबल ओएलईडी प्रयोग गर्ने लगभग निश्चित छ। किनभने डिस्प्लेको लागी विशिष्ट मापदण्डहरु पहिले नै उपलब्ध छन्।

फ्लेक्जिबल ओएलईडीलाई एक उच्चस्तरको उत्पादनको रूपमा वर्गीकृत गरीन्छ। यो यसको हल्का वजन, पातलोपन, र डिजाइन लचकताको उच्च डिग्रीको कारण हो। यी डिस्प्लेहरू हामीले कर्भ्ड एज भएका फोनका साथै फोल्डेबल स्मार्टफोनहरूमा फेला पार्दछौं। एजेन्सीहरु

Global Bank
easy care

प्रकाशित: १० चैत्र २०७७, मंगलवार

ताजा समाचार