Technology Khabar १० चैत्र २०७७, मंगलवार
अमेरिकाको उताह: प्रान्तका गभर्नरले आउँदो हप्ता राज्यका सबै फोन तथा ट्याब्लेटहरुमा पोर्नोग्राफी फिल्टर राख्ने वा नराख्ने भन्ने फैसला गर्दैछन्।
राज्यको विधान सभाले यसै महिना पारित गरेको विधेयकमा मोबाइल डिभाइसहरुमा ‘नाबालिकहरुका लागि हानिकारक सामग्री फिल्टर गर्ने संयन्त्र आफसेआफ चालु हुने’ बनाउनु पर्नेछ।
राज्यका गभर्नर स्पेन्सर कक्सले यसको अन्तिम म्याद २५ मार्चभित्र हस्ताक्षर गरिसक्नुपर्ने तथ्यलाई ध्यानपूर्वक विचार गर्ने जनाएका छन्।
तर यो नियम तत्कालै भने लागू नहुने बुझिएको छ। एक विधायकले उक्त कुराको पुष्टि गरेका हुन्।
राज्यको कानुन अनुसार त्यहाँ बेचिने सबै फोन तथा ट्याब्लेटहरुमा वयष्क सामग्री फिल्टर राखिनुपर्ने प्रावधान छ।
यदि यस्तो फिल्टर उक्त डिभाइस एक्टिभेट गर्दा आफैं इनेबल भएन भने र यसबाट नाबालिगले कुनै हानिकारक सामग्री हेरेमा वा त्यसबाट केही हानी पुगेमा त्यसको जिम्मेवारी बिक्रेता कम्पनीले लिनुपर्ने हुन्छ। यसबापत १० डलरसम्म जरिबाना गर्न सकिनेछ।
यो विधेयक पूर्ण रुपमा पारित भएमा स्थानीयको इन्टरनेट प्रयोग गर्ने अधिकारमा कटैती आउने देखिन्छ भने यो कार्यान्वयनमा आउनका लागि नजिकैका अन्य ५ राज्यले पनि यसलाई कार्यान्वयन गर्नुपर्ने प्रावधान छ।
त्यसैले यो पूर्णरुपमा पारित हुन्छ कि हुँदैन र पारित भएमा पनि कार्यान्वयनमा आउँछ या आउँदैन र आएमा कहिलेसम्म आउँछ भन्ने यकिन छैन।
प्रकाशित: १० चैत्र २०७७, मंगलवार