एसरमा र्यानसमवेयर आक्रमण, ह्याकर समूहद्धारा ५ करोड डलर फिरौती रकम माग

Technology Khabar ९ चैत्र २०७७, सोमबार

एसरमा र्यानसमवेयर आक्रमण, ह्याकर समूहद्धारा ५ करोड डलर फिरौती रकम माग

काठमाडौं ।

एसरमा र्यानसमवेयर आक्रमण भएको छ । एक ह्याकिङ्ग समूहले एसरबाट ५ करोड डलरको माग गरिरहेको छ, जुन आजसम्मको सबैभन्दा ठूलो फिरौती रकम मागको रूपमा देखिन्छ।

ब्लिपिंग कम्प्युटरका अनुसार आक्रमणकर्ताहरूले ताइवानी कम्प्युटर निर्माताको नेटवर्कमा माइक्रोसफ्ट एक्सचेन्जमा भएको जोखिमको माध्यमबाट पहुँच प्राप्त गरेको हुन सक्दछ। गत वर्ष ट्राभिलेक्समा एक ह्यकिङ्ग गर्ने रेभिल (REvil) समूह एसरमा  यस र्यान्समवेयर आक्रमणको पछाडि रहेको विश्वास गरिएको छ।

यस घट्नामा रेभिल र्यानसमवेयर समूहले एसरसँग ५ करोड डलरको माग गरिरहेको छ। एसरलाई यो रकम बुझाउन मार्च २८ तारिखसम्मको समय ह्याकिङ्ग समूहले दिएको छ । यदि तोकिएको समयमा रकम नदिएमा संकलन गरिएका डाटाहरु सार्वजनिक गरिदिने चेतावनी दिएको छ ।

यो बुधबार सम्ममा रकम भुक्तानी गरेमा आक्रमणकर्ताहरुले एसरलाई २० प्रतिशतसम्मको डिस्काउन्ट दिने जनाइएको छ।

कम्पनीले आफ्नो नेटवर्कमा र्यानसमवेयर आक्रमण भएको स्वीकार गरेको छैन् तर कानूनी अधिकारीहरुसँग यस बारेमा काम गरिरहेको जानकारी दिएको छ ।

कम्पनीका प्रवक्ताले द भर्जलाई बताएअनुसार यस्तो आक्रमण भईरहने र हालैको असाधारण गतिबिधिको बारेमा सम्बन्धित अधिकारीहरुलाई जानकारी गराईएको छ ।

easy care

प्रकाशित: ९ चैत्र २०७७, सोमबार