भर्चुअल रियालिटी (भीआर) को सहयोगमा नशा दुख्ने समस्या न्यून गर्न सकिने अध्ययनको दाबी

Technology Khabar ९ चैत्र २०७७, सोमबार

भर्चुअल रियालिटी (भीआर) को सहयोगमा नशा दुख्ने समस्या न्यून गर्न सकिने अध्ययनको दाबी
Classic Tech

यदि तपाईंलाई नशामा दुख्ने समस्या र गुनासो छ भने यसलाई भर्चुअल रियलिटी (भीआर) को सहयोगमा हटाउन वा न्यून गर्न सकिने संभावना देखिएको छ।

द जर्नल अफ पेनद्वारा गरिएको एक अध्ययन अनुसार भीआरको सहायताले निरन्तर दुखाइ हुनेहरू बिरामीहरुको पिडा कम गर्न सकिन्छ। बिस्तृतमा भन्दा यसले दुखाईलाई दबाउने डिस्फङ्गक्शनल पेन सप्रेशन सिस्टमलाई पनि बुस्ट गर्दछ।

अध्ययनका अनुसार भीआरले दुखाईका लक्षणहरूलाई कम गर्न सक्छ। यसले घोचाईको कारण  वा नसालाई छुँदा हुने दुखाईलाई कम गर्दछ, जुन प्रायः स्नायुमा चोटपटक भएका बिरामीहरूमा हुने गर्दछ।

प्लाइमाउथ विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक तथा शोधकर्ता साम ह्युजेसले भीआरबाट न्यूरोल्जियाको कमी देखिनु चाखलाग्दो विषय भएको बताए। ‘हामीले यसको नतीजा देख्यौं। भीआरले मान्छेको पीडा कम गर्न सक्छ। अब हामी अर्को चरणमा जाँदैछौं, जसको पीडा हुने रोग पुरानो छ र यस्तो व्यक्तिमा काम गर्दछ वा गर्दैन भनेर हेरिनेछ।’

ह्युजेसका अनुसार हामी सबै जना शारीरिक पीडा फरक महसुस गर्दछौं, तर स्नायुरुपमा विक्षिप्त मानिसहरुलाई एक डिस्फङ्गक्शनल पेन सप्रेशन हुन्छ, जसले गर्दा उनीहरुलाई दुखाई कम गर्न असहज बनाउँछ। यस अध्ययनको बखत, टोलीले बिरामीको ध्यान फोकस कन्डिशन पेन मोड्यूलेशन (सीपीएम) मा केन्द्रित गरेको थियो।

अनुसन्धानकर्ताहरूले बताएअनुसार सीपीएम स्नायु चोट लागेका बिरामीहरूको लागि हानिकारक छ, त्यसैले यसको कार्य बढाउन सकिन्छ।

वैज्ञानिकहरूले शरीरको प्राकृतिक पीडा-राहत प्रक्रियालाई उत्तेजित गर्न मद्दत गर्न सक्छन्। आर्कटिकमा वीआरको ३६० डिग्री दृश्यहरूले सीपीएम दक्षतामा प्रभाव पारेको परिणामहरूले देखाउँदछ । एजेन्सीका साथ

TK Viber

प्रकाशित: ९ चैत्र २०७७, सोमबार

Loading...