पेटेन्ट मुद्दामा एप्पलले पीएमसीलाई ३० करोड ८५ लाख डलर तिर्ने

Technology Khabar ९ चैत्र २०७७, सोमबार

पेटेन्ट मुद्दामा एप्पलले पीएमसीलाई ३० करोड ८५ लाख डलर तिर्ने
Classic Tech

एप्पलले पेटेन्ट मुद्दामा ३० करोड ८५ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ।

पर्सनलाइज्ड मिडिया कम्युनिकेशन्स पीएमसी नाम गरेको संस्थाले एप्पलविरुद्ध हालेको पेटेन्ट मुद्दामा टेक्ससको संघीय न्याय समितिले यस्तो फैसला सुनाएको हो।

पेटेन्टका विभिन्न प्रश्नमध्ये ‘रिसिभर स्टेशनमा रहेको प्रोग्रामिङलाई डिक्रिप्ट गर्ने’ रहेकोमा न्याय समितिले एप्पलले फेयरप्ले नामको आफ्नो डिजिटल अधिकार व्यवस्थापन प्रविधिमा विना इजाजत प्रयोग गरेको भेटाएको थियो।

फेयर प्ले एप्पलले एप स्टोर, एप्पल म्युजिक र आईट्यून्समा प्रयोग गर्ने गर्दछ।

पीएमसी आफैमा कुनै पनि उत्पादनको सर्जक वा बिक्रेता नभए पनि पीएमसीले आफैंले बनाएको प्रोग्रामको पेटेन्टको अधिकार बेच्ने गरेको अदालतले अनुसन्धानका क्रममा भेटेको छ।

यो ३० करोड ८५ लाख डलर क्षतिपूर्ति एप्पलले पहिलोपटक पेटेन्ट प्रयोग गरेको दिनदेखि अहिलेसम्म हुन आउने रोयल्टी रकमको योगफल हो।

यसबाहेक अदालतले एप्पललाई अहिले उसका डिभाइसहरुमा वा उत्पादनहरुमा प्रयोग भइरहेका पेटेन्टहरु उक्त उत्पादन वा सेवा बिक्रीका आधारमा रोयल्टी पीएमसीलाई दिन पनि निर्देशन दिएको छ।

यो कानुनी मुद्दा पीएमसीले एप्पलविरुद्ध ७ वटा पेटेन्ट चोरी गरेका आरोप लगाएपछि सन् २०१५ मा सुरु भएको थियो।

त्यसलगत्तै एप्पलले पेटेन्ट ट्रायल तथा अपिल बोर्डबाट उक्त मुद्दा आफ्नो पक्षमा पार्न सफल भएको थियो। तर एउटा पुनरावेदन अदालते गत वर्ष सो मुद्दा उल्ट्याएको र न्यायिक इजलासले हालै फैसला सुनाएको हो।

पीएमसीले गत वर्ष नोभेम्बरमा गुगलविरुद्ध पनि थुप्रै पेटेन्ट मुद्दा हालेको थियो भने अहिले त्यस्तै केश नेटफ्रलिक्सविरुद्ध पनि परिरहेको छ।

गत वर्ष एप्पलले अमेरिकामा अपग्रेडलाई बढावा दिन आईफोनको पर्फर्मेन्स घटाएको मुद्दामा ५० करोड डलर क्षतिपूर्ति तिरेको थियो।

TK Viber

प्रकाशित: ९ चैत्र २०७७, सोमबार

Loading...