अछाममा नेपाल टेलिकमको फाइबरमार्फत इन्टरनेट सेवा उपलब्ध

Technology Khabar ९ चैत्र २०७७, सोमबार

अछाममा नेपाल टेलिकमको फाइबरमार्फत इन्टरनेट सेवा उपलब्ध
Classic Tech

नेपाल टेलिकम अछाम शाखाले सदरमुकाम मङ्गलसेन र साँफेबगरमा फाइबर मार्फत इन्टरनेट सेवा उपलब्ध गराएको छ।

यो सेवा सुरु भएसँगै ग्राहकले इन्टरनेटको एडीएसएल सेवा हटाएर फाइबर सेवा जोड्न थालेका छन् ।

फाइबर प्रयोगमा आएसँगै जिल्लामा ५६४ जनाले प्रयोग गरिरहेको नेपाल टेलिकम अछामका प्रमुख बलराम श्रेष्ठले जानकारी दिए । फाइबर सेवा जिल्लाका अन्य स्थानमा समेत विस्तार गर्दै जाने प्रमुख श्रेष्ठको भनाइ छ ।

सदरमुकामका ६८ वटा स्थानबाट ८१२ फाइबर इन्टरनेट जोडिने क्षमता राखिएको छ ।

यस्तै साँफे बगरमा ५६ स्थानका ४४८ वटा लाइन क्षमता रहेको श्रेष्ठले जानकारी दिए।

TK Viber

प्रकाशित: ९ चैत्र २०७७, सोमबार

Loading...