शाओमीले मार्च २९ तारिखमा नयाँ उत्पादन घोषणा गर्ने, के के छन् सूचीमा?

Technology Khabar ९ चैत्र २०७७, सोमबार

शाओमीले मार्च २९ तारिखमा नयाँ उत्पादन घोषणा गर्ने, के के छन् सूचीमा?
Classic Tech

शाओमीले सन् २०२१ को नयाँ उत्पादन सार्वजनिक गर्ने मिति तोकेको छ।

चिनियाँ स्मार्टफोन तथा इलेक्ट्रोनिक्स निर्माता कम्पनी शाओमीले आफनो वसन्त ऋतुको नयाँ उत्पादन सार्वजनिक गर्नका लागि आगामी मार्च २९ तारिखको मिति तोकेको हो।

मिति घोषणा भए पनि कम्पनीले कुन कुन उत्पादन सार्वजनिक गर्दैछ भन्ने विवरण आएको छैन।

प्रविधि वृत्तमा आएका केही अपुष्ट जानकारी हरुका अनुसार उक्त दिन शाओमीले हाइ एन्ड उत्पादनहरु सार्वजनिक गर्न सक्ने बुझिएको छ। ती जानकारीहरुमा एमआई ११ सिरिजका एमआई ११ प्रो र एमआई ११ लाईटका बारेमा आधिकारिक विवरण आउनसक्ने आकलन गरिएको छ।

यसबाहेक उक्त दिन कम्पनीका फोल्डेबल डिभाइस एम आई मिक्स लाइनखपका डिभाइसहरु पनि सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ।

त्यसै सिलसिलामा कम्पनीको नयाँ फ्ल्यागशिप फोन एमआई नोटबुक प्रो लगायत अन्य थुप्रै उत्पादनहरु सार्वजनिक हुन सक्ने बुझिएको छ।

TK Viber

प्रकाशित: ९ चैत्र २०७७, सोमबार

Loading...