रमाइलोका लागि पोस्ट गरेका स्न्यापच्याट भिडियोले बनायो अल्बर्टोलाई करोडपति

Technology Khabar ९ चैत्र २०७७, सोमबार

रमाइलोका लागि पोस्ट गरेका स्न्यापच्याट भिडियोले बनायो अल्बर्टोलाई करोडपति
Classic Tech

अमेरिकाका इभान अल्बर्टो स्नयापच्याटमा भिडियो बनाएरै करोडपति भएका छन्।

टिकटकको प्रतिस्पर्धीका रुपमा कम्पनीले सुरु गरेको छोटा भिडियो शेयरिङ एप स्पटलाईटमा गएको नोभेम्बरबाट कम्पनीले प्रतिदिन १० लाख डलर त्यस दिनका उत्कृष्ट भिडियोहरुलाई दिनेगरी छुट्याउँदै आएको छ।

कम्पनीले प्रत्येक दिन अन्य फोटो भिडियोभन्दा धेरै पटक हेरिएको भिडियोलाई भुक्तानी गर्ने गरी नीति ल्याएपछि इभान र उनीजस्तै सर्जकले नसोचेको रकम पाएका हुन्।

कम्पनीले हालै बताए अनुसार स्पटलाइटका प्रयोगकर्ता मासिक १० करोडका दरले बढिरहेका छन् भने प्रति दिन १ लाख ७५ हजारओटा भिडियो पोस्ट भइरहेका छन्।

यसैबीच, यस एपका विश्वव्यापी यूजर सन् २०२० को तेस्रो त्रैमासिकमा २४ करोड ९० लाख रहेकामा बढेर २६ करोड ५० लाख पुगेका थिए। हालसम्म कम्पनीले स्पटलाइट लाइभ भएका ठाउँहरुमा ११ करोड डलर भुक्तानी गरिसकेको छ। २२ वर्षीय अल्बर्टो यही ११ करोड डलरका हालका उत्कृष्ट लाभग्राहीमध्येका एक हुन्।

उनले आफ्नो १ लाख १० हजार सब्सक्राइबर भएको @evanthecardguy  ह्याण्डलमा दैनिक २० देखि ४० ओटासम्म पोस्ट गर्ने गरेको र हालसम्म ९ लाख डलर कमाइसकेका छन्।

उनका भिडियो विशेषगरी जादू, च्यालेन्ज तथा गेम शो लगायतका हुन्छन्। उनले आफ्नो खुट्टामा स्न्यापच्याट गोस्ट लोगोको ट्याटू पनि खोपेका छन्।

TK Viber

प्रकाशित: ९ चैत्र २०७७, सोमबार

Loading...