के फाइभजीले साँच्चै नै आम मानिसहरुको स्वास्थ्यमा समस्या ल्याउँछ? यस्तो छ तथ्य

Technology Khabar ९ चैत्र २०७७, सोमबार

के फाइभजीले साँच्चै नै आम मानिसहरुको स्वास्थ्यमा समस्या ल्याउँछ? यस्तो छ तथ्य
Classic Tech

हिजोआज विभिन्न सामाजिक सञ्जालहरुमा फाइभजीका बारेमा राम्रा नराम्रा टिप्पणी आइरहेका छन्। विश्वमा नयाँ प्रविधि भएकाले यसका बारे चर्चा परिचर्चा हुनु स्वाभाविकै हो।

यसरी आएका टिप्पणीहरुमा तथ्यपूर्ण भन्दा पनि नकारात्मक वा कन्स्पिरेसी थिएरीमा आधारित भएका उडन्ते हुने गर्दछन्।

यसैक्रममा यस्ता व्यक्तिहरुले फाइभजी प्रविधिले हाल देखिएको कोरोना भाइरसलगायत क्यान्सरसम्म जन्माएको आरोप पनि लगाएका छन्।

वास्तविकता यस्तो छ

फाइभजीका लो र मिड ब्याण्ड दशकाैंदेखि प्रयोग हुँदै आएको रेडियो फ्रिक्वेन्सीमा आधारित छन्।

टी मोबाइलको लो ब्याण्ड फाइभ जीले यूएचएफ टीभी ब्याण्ड प्रयोग गर्छ। यो प्रविधि सन् १९५२ देखि टेलिभिजन प्रसारणका लागि प्रयोग हुँदै आएको छ।

यसैगरी  टी मोबाइलको मिड ब्याण्ड सन् २००७ देखि पूर्णरुपमा प्रयोग हुँदै आएको हो। यसको आंशिक प्रयोग सन् १९६३ मै गरिएको इतिहास छ।

एटी एन्ड टी मोबाइलको लो ब्याण्ड फाइभजी १९८३ देखि नै अस्तितवमा रहेको सेलुरल फ्रिक्वेन्सीमा आधारित छ।

यस्तै भेरिजोन र एटी एन्ड टीको डीएसएस सिस्टम अहिले प्रयोगमा आइरहेको फोरजी ब्याण्डमा आधारित छ।

यी फ्रिक्वेन्सी पहिलेदेखि नै प्रयोगमा आइरहेका र कुनै प्रकारका स्वास्थ्य समस्या सिर्जना नगरेकाले यिनै ब्याण्डमा आधारित भएर चल्ने भएकाले सामाजिक सञ्जालमा चलेका हल्ला वा टिप्पणीमा आएका दावीजस्तो कुनै नयाँ स्वास्थ्य समस्या ल्याउने देखिन्छ। यस बाहेक हामीले प्रयोग गरिरहेको वाइ फाइ पनि यस्तै फ्रिक्वेन्सीमा चल्ने र हालसम्म वाइ फाइले स्वास्थ्य समस्या निम्त्याएको देखिएको छैन।

यसबारेमा विश्व स्वास्थ्य संगठन भन्छ, ‘यस्ता फ्रिक्वेन्सीमा रहेका लो लेभल इलेक्ट्रोम्याग्नेटिक तरंगहरुले मानिसहरुले आफ्ना दैनिक जीवनमा भोगिरहेका स्वास्थ्य जोखिमको दाँजोमा धेरै कम मात्र असर पर्दछ।’ एजेन्सीका साथ

TK Viber

प्रकाशित: ९ चैत्र २०७७, सोमबार

Loading...