शाओमीद्वारा डिसेवल स्टुडेन्ट एशोसिएसन स्कूलका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

Technology Khabar ८ चैत्र २०७७, आईतवार

शाओमीद्वारा डिसेवल स्टुडेन्ट एशोसिएसन स्कूलका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

काठमाडौं ।

शाओमीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको अन्तर्गत डीएसए (डिसेवल स्टुडेन्ट एशोसिएसन) का ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले डीएसए स्कूलका प्रधानाध्यापक दयाराम महर्जनलाई शैक्षिक सामग्री हस्तानतरण गरे ।

शाओमीले आफू संचालनमा रहेको समुदायको सेवाका लागि विभिन्न कल्याणकारी गतिविधिहरु आयोजना गरिरहेको छ ।

शाओमी नेपाल टिमले डीएसएका विद्यार्थीहरुलाई ल्यापटप, किट, झोला, जुत्ता, किताबहरु वितरण गरे पश्चात डिएसएका विद्यार्थीहरुका मिठामिठा गीत/संगीतहरु सुनेर, उनीहरुले नै बनाएका सुन्दर चित्रहरु हेर्दै र उनीहरुकै रमाइला कथाहरु सुनेर समय बिताएका थिए ।

शैक्षिक सामग्री वितरणका बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर कोठारीले भने, ‘हामी सदैव आफू संचालन रहेको समुदायको सेवाका लागि तयार छौं । व्यवसाय गर्नुका साथै हामी हाम्रो समुदायप्रतिको जिम्मेवारीका बारेमा सचेत छौं । आगामी दिनहरुमा पनि हामी समुदायलाई विभिन्न माध्यमबाट सहयोग गर्नेछौं ।मलाई विश्वास छ कि हाम्रा साना सहयोगहरुले निकट भविष्यमा सकरात्मक परिणामहरु उत्पन्न गर्नेछ ।’

Global Bank
easy care

प्रकाशित: ८ चैत्र २०७७, आईतवार

ताजा समाचार