गुगल म्यापको डार्क थिम कसरी एक्टिभेट गर्ने?

Technology Khabar ८ चैत्र २०७७, आईतवार

गुगल म्यापको डार्क थिम कसरी एक्टिभेट गर्ने?

काठमाडौं ।

धेरै लामो समयको प्रतीक्षापछि अब गुगल म्याप्सका एण्ड्रोइड प्रयोगकर्ताहरुले डार्क थिम/नाइट मोड प्रयोग गर्न पाउने भएका छन्।

यो फिचर हाल एण्ड्रोइड प्रयोगकर्ताका लागि मात्र उपलब्ध गराइएको छ।

कम्पनीले सामाजिक सञ्जालमा लेखेको छ, ‘हामीलाई के चाहिएको छ? डार्क थिम। कहाँ चाहिएको छ? गुगल म्याप्स।’

गएको वर्ष सेप्टेम्बरमा गुगलले म्याप्सका लागि डार्क मोडको परीक्षण गरेको थियो।

यसरी एक्टिभेट गर्नुहोस्

सबैभन्दा पहिले गुगल म्यापको दायाँपट्टि माथि दिइएको योर प्रोफाइलमा ट्याप गर्नुहोस्। कन्फिगरेशन अप्शनमा गएर थिम सेटिङ्स खोज्नुहोस्। त्यसपछि डार्क मोडलाई एक्टिभ गर्नुहोस्।

यो फिचर सपोर्ट गर्नका लागि एण्ड्रोइडको लेटेस्ट भर्जन डाउनलोड गर्नुपर्ने हुन्छ। एण्ड्रोइडको लेटेस्ट भर्जन १०.६१.२ हो।

डार्क मोड फिचरसँगै गुगल म्याप्समा ब्याकग्राउण्डका लागि गाढा खैरो तथा सडकको नाममा हल्का खैरो रंगको प्रयोग गरिएको छ। यसबाट युजरले महत्वपूर्ण ठाउँ तथा सडक सजिलै देख्न सकिने कम्पनीको भनाइ छ।

easy care

प्रकाशित: ८ चैत्र २०७७, आईतवार