सन् २०३० सम्ममा गुगलले आफ्ना सबै ‘प्लाण्ट’हरुमा कार्बनरहित उर्जा प्रयोग गर्ने

Technology Khabar ८ चैत्र २०७७, आईतवार

सन् २०३० सम्ममा गुगलले आफ्ना सबै ‘प्लाण्ट’हरुमा कार्बनरहित उर्जा प्रयोग गर्ने
Classic Tech

सन् २०३० सम्ममा गुगलले आफ्ना सबै ‘प्लाण्ट’ भएका ठाउँमा चाैबिसै घण्टा कार्बनरहित उर्जाको प्रयोग गर्ने योजनामा रहेको छ।

हाल कम्पनीले कार्बनरहित उर्जा प्रतिशत (सीएफई) गुगल क्लाउड क्षेत्रमा मात्र उपलब्ध गराइरहेको छ।

गुगलले त्यहाँको बिजुली खपत बराबरको उर्जा नवीकरणीय उर्जाका माध्यमबाट पूरा गरिसकेको भए पनि यसले अझै पनि आफ्ना डाटा सेन्टरहरुमा खनिज उर्जामै भर पर्नु परिरहेको छ।

अहिले कम्पनीले यसका प्रमुख क्लाउड क्षेत्रहरुका लागि प्रतिघण्टा आवश्यक औसत कार्बन रहित उर्जाको प्रतिशतको सूची बनाइरहेको छ। यो सूचीअनुसार सबैभन्दा कम अंक पाउनेले एक वर्षभरी धेरै घण्टासम्म कार्बनरहित उर्जाको स्थानीय परिमाणसँग नमिल्नेगरी प्रयोग गरेको भन्ने जनाउँछ।

यो गणना प्रत्येक घण्टा गरिने र कार्बनरहित समयमा प्रतिघण्टा कति उर्जा खपत भयो भन्ने आँकडा निकाल्नका लागि तलका दुई आधारहरुलाई लिइन्छ

१. कति उर्जा उत्पादन भएर त्यसलाई प्रसारण लाइनमा हालियो कुन उत्पादन प्लान्ट चलिरहेको छ

२. उक्त प्रसारण लाइनमा हालिएको गुगल द्वारा बनाइएको क्लिन इनर्जीको परिमाण

गुगलले कार्बनरहित उर्जाको खपत परिमाण बढाउन सके त्यसले कार्बनयुक्त उर्जा प्रयोग गर्नुभन्दा कसरी कुल कार्बन उत्सर्जन घटाउन मदत गर्छ भन्ने व्याख्या पनि गरेको छ।

यसबाहेक कम्पनीले आफ्ना ग्राहकहरुलाई कार्बन रहित उर्जा आपूर्तिका लागि निम्न लिखित बुँदाका आधारमा क्षेत्र छनोट गर्न पनि सहयोग गर्छ।

१. आफ्नो नयाँ एप्लिकेशनका लागि क्षेत्र छनोट गर्ने

यदि तपाईँ कुनै नयाँ एप्लिकेशन चलाउँदै हुनुहुन्छ भने सबैभन्दा धेरै कार्बन रहित प्रतिशत भएको क्षेत्रमा चलाउँदा सबैभन्दा कम कार्बन उत्सर्जन हुन्छ।

२. ब्याच कार्यका लागि सबैभन्दा स्वच्छ क्षेत्र रोज्ने

ब्याच कार्यका लागि क्षेत्र रोज्दा सबैभन्दा बढी सीएफई प्रतिशत उपलब्ध भएको स्वच्छ क्षेत्र छान्नु उपयुक्त हुन्छ।

३. स्वच्छ क्षेत्रका लागि सांगठनिक नीति बनाउने

आफ्ना स्रोतसाधनहरु गुगल क्लाउडको निश्चित क्षेत्रमा मात्र प्रयोगका लागि org policies मा गएर क्षेत्र छान्न सकिन्छ। उदाहरणका लागि यदि तपाईँले अमेरिकाका आयोवा र ओरेगन क्षेत्रमा मात्र आफ्ना स्रोतसाधनहरु प्रयोग गर्नुहुन्छ भने तपाईँले ६८ प्रतिशत कार्बन रहित क्षेत्र प्रयोग गर्दै हुनुहुन्छ भन्ने बुझिन्छ।

TK Viber

प्रकाशित: ८ चैत्र २०७७, आईतवार

Loading...