पाकिस्तानले क्रिप्टोकरेन्सी माइनिङ गर्न सरकारी ‘माइनिङ फर्म’ निर्माण गर्ने

Technology Khabar ८ चैत्र २०७७, आईतवार

पाकिस्तानले क्रिप्टोकरेन्सी माइनिङ गर्न सरकारी ‘माइनिङ फर्म’ निर्माण गर्ने
Classic Tech

पाकिस्तानले क्रिप्टोकरेन्सी माइनिङ अर्थात उत्खननका लागि नयाँ कम्पनीहरु स्थापना गर्ने भएको छ। पाकिस्तानी प्रान्त खैबर पख्तूनख्वाले दुई जलविद्युत् उर्जाद्धारा संचालित हुने पाइलट ‘माइनिङ फर्म’ निर्माण गर्ने योजनामा रहेको छ ।

विश्वव्यापी क्रिप्टोकरेन्सी बजारको पूँजीकरण गर्न सरकारले नयाँ क्रिप्टो नीतिको निरीक्षण गरिरहेका एक मन्त्रीलाई उल्लेख गर्दै रोयटर्सले जनाएको छ।

यो घोषणा त्यसबेला आएको छ जब क्रिप्टोकरेन्सीहरूले मुख्य धाराको स्वीकृति पाइरहेका छन् ।

हाल बिटक्वाइनको मूल्य रेकर्ड स्तरमा पुगेको छ जब एलन मस्क जस्ता लगानीकर्ताहरूले यसमा रकम खन्याएका छन् ।

क्रिप्टो माइनिङ फर्महरूले कम्प्युटर डाटा सेन्टरहरूमा ठूलो लगानी संलग्न गर्दछ जसको लागि विशाल शक्तिको आवश्यकता हुन्छ।

छिमेकी भारतले क्रिप्टो मुद्रालाई पूर्णतया प्रतिबन्ध लगाउने योजनामा रहेको भए पनि पाकिस्तानले नयाँ क्रिप्टो नीति बनाउनका लागि संघीय समिति गठन गरेको छ। माइनिङ प्रोजेक्टको लागत तोक्न बाँकी रहेको बताईएको छ।

‘जनताले लगानीका लागि पहिल्यै सम्पर्क गरिरहेछन्, र हामी चाहन्छौं कि तिनीहरू खैबर पख्तूनख्वा आए, केही पैसा कमाऊन् र प्रान्तले पनि यसबाट आर्जन गरून्,’ प्रान्तीय सरकारका विज्ञान र प्रविधि सल्लाहकार जिया उल्लाह बंगाशले भने।

हाल पाकिस्तानमा क्रिप्टोकरेन्सी माइनिङ र व्यापार दुबै कानुनीरुपमा ग्रे जोनमा अवस्थित छन्, यद्यपि संघीय अधिकारीहरूले यस क्षेत्रलाई वैधानिक बनाउने दिशामा स्पष्ट बाटो उपलब्ध गराउनुपर्नेछ जसमा लगानीकर्तालाई औपचारिक रूपमा खोल्न सकिन्छ ।

TK Viber

प्रकाशित: ८ चैत्र २०७७, आईतवार

Loading...