एपिक गेम्ससँगको मुद्धामा एप्पलका सिईओ टिम कुकसहितका अधिकारीहरु उपस्थित हुने

Technology Khabar ८ चैत्र २०७७, आईतवार

एपिक गेम्ससँगको मुद्धामा एप्पलका सिईओ टिम कुकसहितका अधिकारीहरु उपस्थित हुने

काठमाडौं ।

एप्पल र एपिक गेम्स बिचको मुद्धा अझै जारी छ। एप्पलको एप स्टोरमा एप खरीदको लागि एप स्टोरको शुल्कको विवादबारेको मुद्धा अदालतमा सुनुवाई भईरहेको छ जसमा उच्च अधिकारीहरुलाई समेत बोलाईने भएको छ ।

एप्पलले शुक्रबार एपिक गेम्स मुद्धामा बयान दिने साक्षीहरूको सूची पेश गरेकोछ। सो सूचीमा कम्पनीका सीईओ टिम कुक, र एप्पल एकेडेमिशियन फिल शिलर सामेल छन्। साथै, एप्पलका सफ्टवेयर ईन्जिनियरिङ्ग वरिष्ठ उपाध्यक्ष, क्रेग फेडरिहीले बयान दिनेछन्।

रिपोर्टका अनुसार टिम कुकले १ घण्टाको लागि प्रत्यक्ष बयान दिनेछन् र १ घण्टाको क्रसपरीक्षा पनि स्वीकारेका छन्। फेडरिहीले २ घण्टा बयान दिनेछन र १ घण्टाको लागि क्रस जाँच हुनेछ। शिलर, जो एप स्टोरको इन्चार्ज हुन उनले कुल १० घण्टा बयान दिनेछन्। सबै एप्पल साक्षीहरू व्यक्तिगतरूपमा अदालतमा उपस्थित हुनेछन्।

विज्ञप्तिअनुसार एप्पलले दावी गरेको छ कि कम्पनीका कार्यकारीहरू नवीनतम प्रविधि र विश्वव्यापी अर्थव्यवस्थामा एप स्टोरको प्रभाव साझा गर्न उत्सुक छन्।

यस बाहेक अन्य ५ जना अधिकारीहरुले समेत एप्पलको तर्फबाट बयान दिनेछन् । एजेन्सीका साथ

easy care

प्रकाशित: ८ चैत्र २०७७, आईतवार

ताजा समाचार