दोलखामा नेपाल टेलिकमको तिब्रगतिको फाइबर इन्टरनेट सेवा उपलब्ध

Technology Khabar ८ चैत्र २०७७, आईतवार

दोलखामा नेपाल टेलिकमको तिब्रगतिको फाइबर इन्टरनेट सेवा उपलब्ध
Classic Tech

दोलखामा नेपाल टेलिकमले फाइबर सेवा भित्र्याएको छ। भिस्याट र रेडियो लिंकबाट सेवा प्रदान गर्दै आएको टेलिकमले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको सक्रियतामा जिल्लामा हालै फाइबर सेवा भित्र्याउन सफल भएको हो।

योसंगै एफटिटिएच अर्थात् ग्राहकको घरसम्म फाइबर जडान गरि भ्वाइस र डाटा सेवा प्रदान गर्न सकिने नेपाल टेलिकम दुरसञ्चार कार्यालय चरिकोटका प्रमुख राजु गिरीले जानकारी दिए ।

दोलखाको पर्यटकीय नगरी जिरी र मैनापोखरी बजारमा फाइबर नेटवर्किङको काम सकाएर बितरणको प्रक्रियामा रहेको उनले बताए ।

त्यसैगरी चरिकोट स्थित तिखातल, सिमपानी, पाटीखोला, कारागार लगाएतको ठाउँमा नेटवर्किककाे काम सम्पन्न गरी करिब १७० वटा लाइन वितरण भएको छ। योसंगै यसअघि सञ्चालनमा रहेको एडिएसएल सेवा विस्थापित गरिएको छ।

दोलखामा करिब एक हजार ग्राहकले टेलिकमको एडिएसएल सेवा उपभोग गर्दै आएका छन्।

आवश्यकता अनुसारको ब्याण्डविथ लिन र दिन सकिने फाइबर सेवामार्फत दोलखामा हाललाई ८ एमविपिएस देखि ६० एमबिपिएसको गतिमा सेवा दिन सकिने बताइएको छ।

कुल डाटा, भ्वाइस खपत अधिकतम २.५ जीबीसम्म रहेको दोलखामा १० जीबी व्याण्डविथसम्म सेवा प्रदान गर्न सकिने छ।

दोलखामा बर्दिबास सिन्धुली, रामेछाप र काठमाडौं लामोसागु मुडेहुँदै फाइबर लाइन भित्र्याइएको हो ।

यसबाट कुनै एकमा समस्या आए अर्कोबाट सेवा प्रदान गर्न सकिनेछ ।

२१ वटा टावरमा फोरजी

नेपाल टेलिकम कार्यलय चरिकोटले कुल २३ वटा टावरको सहायताले रेडियो लिंक मार्फत डाटा र भ्वाइस सेवा गर्दै आएकोमा २१ वटा टावरमा फोर जी जडान गरेको छ। २१ वटा टावरमा फोरजी जडान गर्नुका साथै ११ स्थानमा टावर राख्न सर्भे भएको छ।

पर्यटकीय जिल्लाको सबै क्षेत्रमा उच्च गतिको भ्वाइस र डाटा सेवा दिने उद्देश्यले फोर जि जडानका साथै र टावर विस्तारको काम भइरहेको छ ।

यो संगै आगामी दिनमा दोलखाको सबैजसो ठाउँमा मोबाइल फोन सञ्चालन गर्न सकिने नेपाल टेलिकम दुरसञ्चार कार्यलय चरिकोटले जनाएको छ।

ललितपुरको फुलचोकी, रामेछापको भालुखोप हुदै दोलखाको हनुमन्ते टावर र काभ्रेको धुलिखेल, सिन्धुपाल्चोकको मुडे र दोलखाको चरिकोटको टावरबाट रेडियो लिंक गरि भ्वाइस तथा डाटा सेवा प्रदान गरिँदै आएको छ। गोरखापत्रबाट

TK Viber

प्रकाशित: ८ चैत्र २०७७, आईतवार

Loading...