जाजरकोट जिल्लाको पश्चिमी क्षेत्रमा नेपाल टेलिकमको मोबाइल सेवा सुरु

Technology Khabar ८ चैत्र २०७७, आईतवार

जाजरकोट जिल्लाको पश्चिमी क्षेत्रमा नेपाल टेलिकमको मोबाइल सेवा सुरु
सांकेतिक
Classic Tech

जाजरकोट जिल्लाको पश्चिमी क्षेत्रमा नमस्ते मोबाइल सेवा सुरु भएको छ । नेपाल टेलिकमले फोर जीसहितका नयाँ टावर निर्माण गरपछि पश्चिम जाजरकोटमा सञ्चार सेवासँग सुरु भएको हो ।

जिल्लामा निर्माणाधीन सातवटा नमस्तेको टावरमध्ये शिवालय गाउँपालिकामा बिहीबारदेखि सेवा सञ्चालन आएको हो । यो टावरबाट शिवालय गाउँपालिका र छेडागाड नगरपालिकामा बसोबास गर्ने स्थानीय बासिन्दाले सञ्चार सुविधा पाएको नेपाल टेलिकमले जनाएको छ ।

टावरको काम पटक–पटक सुरु हुने र बीचमै छोडेर जाने प्रवृत्तिका कारण समस्या हुँदै आएकोमा पूर्व वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र प्रदेश सभा सदस्य गणेशप्रसाद सिंहको निरन्तर दबाबपछि टावर बनाउने काम गरिएको बताईएको छ।

त्यस्तै बारेकोट गाउँपालिकाको रतनकोटमा रहेको टावर निर्माण कार्य पूरा भएकाले एक हप्ताभित्र टावर सञ्चालनमा आउनेछ । यस्तै नलगाड नगरपालिका–८, गराइलामा निर्माण कार्य जारी रहेको टावर महिना दिनभित्र सञ्चालनमा आउने बताइएको छ । नलगाडका दुर्गम वडा रग्दा र भगवतीमा समेत नयाँ टावर निर्माणका लागि सर्भेको काम सम्पन्न भइसकेको छ ।

केही महिनाअघि जुनीचाँदे गाउँपालिकामा नमस्तेको फोन सेवा सुरु भइसकेको छ । यी सबै टावर सञ्चालनमा आएमा जिल्लाभरि सञ्चार सम्पर्क गर्न सहज आउने अपेक्षा गरिएको छ । गोरखापत्रबाट

TK Viber

प्रकाशित: ८ चैत्र २०७७, आईतवार

Loading...