टेस्लाको प्लान्टमा र्यान्समवेयर राखेको एक रसियनमाथि अभियोग

Technology Khabar ८ चैत्र २०७७, आईतवार

टेस्लाको प्लान्टमा र्यान्समवेयर राखेको एक रसियनमाथि अभियोग

अमेरिकामा एक रूसी व्यक्तिमाथि इलेक्ट्रीक कार कम्पनी टेस्लाबाट पैसा निकाल्ने षड्यन्त्र रचेको आरोप लगाईएको छ।

एगोर इगोरेविच क्रुचकोभलाई नेभाडामा कम्पनीको ब्याट्री प्लान्टको कम्प्युटर नेटवर्कमा र्यान्समवेयर राख्न १० लाख डलर प्रस्ताव गरेको आरोप लागेको छ।

उनले जबरजस्ती रकम असुलीका लागि कम्पनीको गोप्य डाटा चोर्नको लागि र्यान्समवेयर सफ्टवेयर प्रयोग गर्ने योजना बनाएको अभियोगकर्ताहरुले आरोप लगाएका थिए।

२७ वर्षीय युवालाई बिहीबार रेनो, नेभाडामा दोषी ठहराईएको छ।

क्रुचकोभले विदेशमा रहेका अपराधीको पक्षमा काम गरेको र टेस्लाका एक कर्मचारीलाई व्यक्तिगत रुपमा घूस दिएको अभियोजकहरूले भनेका छन्।

र्यान्समवेयरले कम्पनीहरू वा संगठनहरूलाई उनीहरूको आन्तरिक कम्प्युटर नेटवर्कहरू स्क्रम्बल गरेर, सूचनाहरू चोरी गरेर वा प्रयोगकर्ताहरूलाई लक आउट गरेर हमला गर्दछ। आक्रमणकारीहरूले त्यसपछि ह्याक अन्त्यको बदलामा ठूलो धनराशीको माग गर्ने गर्छन्।

एफबीआईले टेस्लामा योजनाबद्ध आक्रमण हुन भन्दा पहिला नै यो रोकिएको बताएको छ।

क्रुचकोभले सेप्टेम्बरमा एउटा अदालतलाई भने कि रूसी सरकार नियोजित ह्याकको बारेमा थाहा थियो, तर एफबीआई र वकिलहरूले क्रेमलिनसँग सम्बन्ध भएको आरोप लगाएका छैनन्।

गत वर्ष जुलाई र अगस्टमा क्रुचकोभ अमेरिकामा टुरिष्ट भिसामा पाँच हप्ताका लागि आएका थिए, जतिबेला उनले टेस्ला कर्मचारीलाई भर्ती गर्ने प्रयास गरेको भनी अदालतमा बुझाईएको कागतपत्रमा उल्लेख गरिएको मिडिया रिपोर्ट गरिएको छ।

यदि क्रुचकोभ माथिको अभियोग प्रमाणित भएमा उनले करिब १० महिना जेलमा बिताउनुपर्ने बताईएको छ । एजेन्सीका साथ

TK Viber

प्रकाशित: ८ चैत्र २०७७, आईतवार

Loading...