ट्विटरले ‘अन्डु सेण्ड’ फिचर परीक्षण गर्दै, प्रकाशित ट्वीट ३० सेकेण्डभित्र फिर्ता गर्न सकिने

Technology Khabar ८ चैत्र २०७७, आईतवार

ट्विटरले ‘अन्डु सेण्ड’ फिचर परीक्षण गर्दै, प्रकाशित ट्वीट ३० सेकेण्डभित्र फिर्ता गर्न सकिने
Classic Tech

सोशल मिडिया प्लेटफर्म ट्विटरले चाँडै नै फिर्ता ‘अन्डु सेण्ड'(Undo Send) लाई छिटै प्रक्षेपण गर्न एक परीक्षण सुरू गरेको छ। ट्विटरले यो महिना भित्रै यो नयाँ फिचर ल्याउने संकेत दिएको छ।

यस सुविधाको विशेषता यो हो कि यसले प्रयोगकर्ताहरूलाई ‘पठाउनुहोस्’ (Send) बटनमा ट्याप गरे पनि निर्धारित समयमै ट्वीट प्रकाशन नगर्ने विकल्प दिनेछ।

‘अन्डु सेण्ड’ फिचरको प्रारम्भिक परीक्षण गरिसकिएको छ, अब केहि प्रयोगकर्ताहरूसँग यसको परीक्षण र जाँचको प्रयास भइरहेको छ।

ट्विटरले आफूलाई निरन्तर अपग्रेड गर्दैछ। यो महिना, करीव तीन नयाँ फिचरहरू जोड्ने कुरा बाहिर आएको छ। त्यसैगरि, यो पनि भनिन्छ कि ‘अन्डु सेण्ड’ को सुविधाका लागि सेवा शुल्क भुक्तान गर्नुपर्ने हुनसक्छ अर्थात, प्रयोगकर्ताहरूले यसको लागि सदस्यता लिनुपर्नेछ।

यद्यपि आधिकारिकरुपमा यस बारेमा ट्विटरबाट केहि पनि भनिएको छैन।

हाल ‘अन्डु सेण्ड’ सुविधा परिक्षण भइरहेको छ। यस फिचरमा एक टाइमर देखा पर्नेछ, जसमार्फत पहिले कुनैपनि ट्वीट प्रकाशन गरेपछि पनि अन्डु गर्न सक्षम हुनेछ। भनिन्छ कि यो टाइमर ३० सेकेन्डको हुनेछ, त्यसपछि तपाईं अन्डू गर्न सक्षम हुनुहुने छैन।

यो फिचरको बारेमा प्राविधिक ब्लगर जेन मानचुन वोङ्ग द्वारा पत्ता लगाइएको थियो। स्मरण रहोस ट्विटरमा ट्वीट गर्ने क्रममा गल्ती भएमा पोष्ट गरेपछि यसलाई सम्पादन गर्न सकिदैन।

नयाँ फिचर आएपछि, यदि प्रयोगकर्ताले ट्वीटमा कुनै टाईपो वा गल्ति देखे भने, तिनीहरूले यसलाई रद्द गर्न सक्षम हुनेछन्। एजेन्सीका साथ

TK Viber

प्रकाशित: ८ चैत्र २०७७, आईतवार

Loading...