अनलाइन फूड डेलिभरी कम्पनी जोमाटोले भारतीय बजारमा प्राथमिक शेयर जारी गर्ने

Technology Khabar ७ चैत्र २०७७, शनिबार

अनलाइन फूड डेलिभरी कम्पनी जोमाटोले भारतीय बजारमा प्राथमिक शेयर जारी गर्ने
Classic Tech

भारतमा फूड डेलिभरी कम्पनी जोमाटोले भारतीय बजारमा प्राथमिक सार्वजनिक शेयर निस्कासन प्रस्तावको साथ आफ्नो झोला भर्ने योजना गर्दैछ। आईपीओ मार्फत कम्पनीले लगानीकर्तालाई ठूलो पैसा कमाउने अवसर पनि दिने छ।

कम्पनीले बजारबाट ६५ करोड डलर भन्दा बढी रकम आईपीओबाट जुटाउने योजना बनाइरहेको छ। यसका लागि कम्पनीले सेप्टेम्बर २०२१ अगाडि नै आफ्नो आईपीओ सुरुवात गर्नेछ।

ब्लूमबर्ग रिपोर्टका अनुसार कम्पनीले अप्रिल २०२१ मा रेड हेरिंग प्रोस्पेक्टसको मस्यौदा बजार नियामक सेबीलाई आईपीओको लागि पेश गर्न सक्नेछ। यस मामलासँग सम्बन्धित स्रोतहरूले भने कि कम्पनीले सेप्टेम्बर २०२१ को अन्त्यसम्म शेयर बजारमा सूचीबद्ध हुने योजना बनाएको छ।

हाल कम्पनीले यस सम्बन्धमा छलफल गरिरहेको छ। आईपीओको आकार के हुनेछ भन्ने  अझै स्पष्ट भएको छैन् ।

यद्यपि कम्पनीले आधिकारिक रूपमा आईपीओको बारेमा केही भनेको छैन।

गत महिना आईपीओ भन्दा अघि नै जोमाटोले आफ्नो अवस्थित लगानीकर्ताहरूबाट २५ करोड डलरको नयाँ कोष जुटाएको थियो। यसलाई कम्पनीको पूर्व आईपीओ कोषको रूपमा हेरिएको छ। यससँगै कम्पनीको मूल्यांकन अब ५.४ अर्ब डलरमा पुगेको छ ।

आईपीओको लागि हाल कम्पनी इन्भेस्टमेन्ट बैंकर तथा कानूनी सल्लाहकार नियुक्तीको प्रकृयामा रहेको बताईएको छ ।

TK Viber

प्रकाशित: ७ चैत्र २०७७, शनिबार

Loading...