माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा रुपन्देही जिल्लाको तिलोत्तमा स्थित योगिकुटी हाटबजारमा

Technology Khabar ६ चैत्र २०७७, शुक्रबार

माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा रुपन्देही जिल्लाको तिलोत्तमा स्थित योगिकुटी हाटबजारमा
Classic Tech

माछापुच्छ्रे बैंकले रुपन्देही जिल्लाको तिलोत्तमा स्थित योगिकुटी हाटबजारमा क्यूआर कोड सेवा शुरु गरेको छ ।

उक्त सेवाको सुरुवात नेपाल राष्ट्र बैंक, क्षेत्रिय कार्यालय भैरहवाका निर्देशक सुदिप फुयालले गरेका हुन् ।

क्युआर कोड सेवा सुरु भएसंगै उपभोक्ताले उक्त हाटबजारबाट आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुल तथा लत्ताकपडाहरुको रकम क्युुआर कोडबाट भुक्तानी गर्न सक्नेछन् ।

आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल्ली भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्युआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ ।

यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बेंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ।

TK Viber

प्रकाशित: ६ चैत्र २०७७, शुक्रबार

Loading...