फेसबुकले १३ वर्ष मुनिका बालबालिकाको लागि इन्स्टाग्राम एप बनाउँदै

Technology Khabar ६ चैत्र २०७७, शुक्रबार

फेसबुकले १३ वर्ष मुनिका बालबालिकाको लागि इन्स्टाग्राम एप बनाउँदै
Classic Tech

फेसबुकको स्वामित्वमा रहेको इन्स्टाग्रामले १३ बर्ष भन्दा कम उमेरका बालबालिकाहरूलाई लक्षित गरेर आफ्नो एपको संस्करण निर्माण गर्ने योजना बनाइरहेको छ ।

बजफिडको रिपोर्टअनुसार कम्पनीले यसलाई किड्स भर्सनको इन्स्टाग्रामको रुपमा ल्याउन लागेको हो ।

‘हामीले युवाको लागि इन्स्टाग्रामको कामलाई प्राथमिकताका रूपमा पहिचान गरेका छौं र यसलाई हाम्रो एच १ प्राथमिकता सूचीमा थपेका छौँ, इन्स्टाग्राममा उत्पादनका उपाध्यक्ष विशाल शाहले आन्तरिक मेमोमा भने।

‘हामी सामुदायिक उत्पादन समूह भित्र दुईवटा कुरामा ध्यान केन्द्रित गर्न नयाँ युवा स्तम्भ निर्माण गर्नेछौं । जसमाः (क) किशोरावस्थाका लागि सुरक्षित सम्भव अनुभव सुनिश्चित गर्न हाम्रो एकिकृत र गोपनीयता कार्यको गति बढाउने र (ख) इन्स्टाग्रामको संस्करण निर्माण गर्ने जसले व्यक्तिहरूलाई १३ बर्षभन्दा कम उमेरमा सुरक्षित रुपमा पहिलो पटक इन्स्टाग्राम प्रयोग गर्न अनुमति दिन्छ,’ शाहले भने।

हाल इन्स्टाग्राम नीतिहरूले १३ बर्ष भन्दा मुनिका बच्चाहरूलाई एप प्रयोग गर्नबाट रोक्दछ, जबकि अभिभावक वा प्रबन्धकले उनीहरूको लागि एकाउन्ट व्यवस्थापन गर्न सक्दछन्।

बालबालिका केन्द्रित संस्करणको इन्स्टाग्रामलाई प्रमुख एडम मोसेरीद्वारा देखरेख गरिनेछ र पाभानी दिवान्जीद्धारा नेतृत्व दिईने रिपोर्टमा उल्लेख छ ।

TK Viber

प्रकाशित: ६ चैत्र २०७७, शुक्रबार

Loading...