डिस्प्ले फेब्रिकेशन युनिट स्थापना गर्न भारत सरकारको आव्हान

Technology Khabar ६ चैत्र २०७७, शुक्रबार

डिस्प्ले फेब्रिकेशन युनिट स्थापना गर्न भारत सरकारको आव्हान

काठमाडौं ।

भारतमा सरकारले रोजगार र लगानी वृद्धि गर्न विश्वव्यापीरुपमा र भारतीय कम्पनीहरुलाई डिस्प्ले फेब्रिकेशन युनिट स्थापना गर्न आमन्त्रित गरेको छ। यसमा एलसीडी, ओएलइडी, एमोलेड वा क्यूलेड आधारित डिस्प्ले फेब्रिकेशन युनिट स्थापना गर्ने समावेश छ।

भारतीय इलेक्ट्रोनिक र सूचना प्रविधि मन्त्रालयको अनुमानअनुसार भारतको डिस्प्ले बजार बढेर ७ अर्ब डलरको भएको छ। यो २०२५ सम्ममा दोब्बर भन्दाबढि हुँदै १५ अर्ब डलर बराबर हुनेछ।

विशेषगरि मोबाइल उपकरण, ल्यापटप, आदिको उत्पादन र निर्यात वृद्धिको कारण यसमा वृद्धि हुने आशा गरिएको छ।

मन्त्रालयले जनाएको छ कि इन्ट्रि सूचनाको आधारमा देशमा डिस्प्ले बनाउने इकाई स्थापना गर्न योजना तयार गर्न सकिन्छ। डिस्प्ले फेब्रिकेशन युनिटको स्थापना भारतको आत्मनिर्भर भारतको लक्ष्य अनुरूप ल्याईएको हो ।

यसमा अभिरुची पत्र फाइल गर्न अन्तिम मिति अप्रिल ३०, २०२१ तोकिएको छ ।

यो उल्लेखनीय छ कि मोबाइल डिभाइसको लागत को २५ प्रतिशत हिस्सा डिस्प्लेले लिने गर्दछ, जबकि एलसीडी र एलईडी टेलिभिजन सेटको मामलामा, डिस्प्लेको शेयर ५० प्रतिशत सम्म छ।

चीन, दक्षिण कोरिया, ताइवान र जापानका केहि सिमित कम्पनीहरूसँग मात्र डिस्प्ले फेब्रिकेशन टेक्नोलोजी रहेको छ।

स्क्रीन फेब्रिकेशन कारखानामा जटिल तरीकाले बनाइन्छ। यसमा, ट्रान्जिस्टर सेलको साथ ग्लासलाई एक माथि अर्को राख्दै तयार गरिन्छ र मिश्र धातु र सिलिकन प्रयोगका साथ अन्य कार्यहरू पनि गरिन्छ। यसलाई हामी डिस्प्ले भन्छौं।

यसका लागि कम्तिमा २ अरब डलरको लगानी आवश्यक छ। डिस्प्ले एसेम्बली प्लान्टलाई ग्लास एसेम्बलसँगै अन्य अन्य कम्पोनेन्टहरू चाहिन्छ। अधिकतर फेब्रिकेशन प्लान्टहरुमा एउटा छुट्टै एसेम्बली म्मेलन प्लान्ट पनि हुन्छ। एजेन्सीका साथ

easy care

प्रकाशित: ६ चैत्र २०७७, शुक्रबार