४३ मिनटको वायरलेस चार्जिङमा ब्याट्री फुल हुने वनप्लस९ प्रो आउँदै

Technology Khabar ६ चैत्र २०७७, शुक्रबार

४३ मिनटको वायरलेस चार्जिङमा ब्याट्री फुल हुने वनप्लस९ प्रो आउँदै
Classic Tech

चिनियाँ स्मार्टफोन कम्पनी वनप्लसले अर्को हप्ता वनप्लस९, वनप्लस९ प्रो, वनप्लस९आर तथा वनप्लस वाच पनि सार्वजिनक गर्दैछ।

यीमध्ये वनप्लस९ प्रोमा शक्तिशाली र प्रभावकारी वायरलेस चार्जिङको व्यवस्था गरिएको छ। यसका लागि वनप्लसको डेडिकेटेड ५० वाटको वायरलेस चार्जर लिनुपर्ने हुन्छ।

यो चार्जरको क्षमता र फोनमा रहेको फास्ट चार्जिङलाई सपोर्ट गर्ने सिस्टमका कारण वनप्लस९ प्रो ४३ मिनटमा शून्यबाट १०० प्रतिशत अर्थात् फुल चार्ज हुने कम्पनीको दावी छ।

यो समय अधिकांश फोन केबल जोडेर चार्ज गर्दा लाग्नेभन्दा कम हो।

बाहिरिएको जानकारी अनुसार यो चार्जरमार्फत् चार्ज गर्दा फोनलाई ठाडो वा तेर्सो जसरी राख्न पनि सकिन्छ। तर वायरलेस चार्जिङका बेला फोनमा भिडियो हेर्न भने मिल्दैन।

यस प्रक्रियामा फोन तात्ने भएकाले यसमा फ्यान पनि दिइएको छ। यसको आवाज ठूलो छ तर यसमा नाइट मोड पनि दिइएको छ।

यसबाहेक वनप्लस९ र ९प्रोमा ६५ वाटको वायर्ड चार्जिङ दिइएको छ जसबाट तार जोडेरै चार्ज गर्ने हो भने शून्यबाट १०० प्रतिशत ब्याट्री चार्ज हुन् केवल २९ मिनेट मात्र लाग्छ।

TK Viber

प्रकाशित: ६ चैत्र २०७७, शुक्रबार

Loading...