शाओमी यस बर्ष तेस्रो ठूलो स्मार्टफोन विक्रेता बन्ने, पहिलो स्थानमा भने सामसङ कायमै रहने

Technology Khabar ६ चैत्र २०७७, शुक्रबार

शाओमी यस बर्ष तेस्रो ठूलो स्मार्टफोन विक्रेता बन्ने, पहिलो स्थानमा भने सामसङ कायमै रहने
Classic Tech

शाओमीले पछिल्लो समय बजारमा सामसङलाई उछिनेर अग्रस्थानमा रहँदै आएको छ । यसले विश्वको दोस्रो ठूलो मार्केट भारतमा पनि आफ्नो अग्रता कायमै राखेको छ ।

हालै आएको स्ट्राटेजी एनालिटिक्सको रिपोर्टमा भनेको छ कि चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले २०२१ मा विश्वको स्मार्टफोन बजारमा तेस्रो स्थान हासिल गर्नका लागि ह्वावेलाई पछाडि पार्नेछ। अनुसन्धान नोटमा यो पनि भनिएको छ कि ‘शाओमी ह्वावेलाई पार गर्ने तेस्रो ठूलो ग्लोबल स्मार्टफोन विक्रेताको रूपमा देखा पर्नेछ।’

रिपोर्टले देखाउँदछ कि शाओमीले एशिया-प्रशान्त, मध्य र पूर्वी यूरोप र पश्चिमी यूरोपमा पर्याप्त लोकप्रियता प्राप्त गरिरहेछ।

‘२०२१ को लागि, हामी विश्वास गर्छौं कि शाओमीले ह्वावेलाई पछाडि पारेर विश्वको तेस्रो ठूलो स्मार्टफोन विक्रेता बन्ने छ। शाओमीले भारत र रसियाको बजारमा राम्रो प्रदर्शन गरिरहेको छ, र मध्य र पूर्वी यूरोप र पश्चिमी यूरोपमा पनि धेरै आक्रामक भएको छ,’ स्ट्राटेजी एनालिटिक्स कम्पनीका स्मार्टफोन विश्लेषक अभिलाष कुमारले भने।

शाओमी तेस्रो स्थानमा हुँदा सामसङ पहिलो स्थानमा हुनेछ भने त्यसपछि एप्पलको बजार हिस्सा हुनेछ। शाओमीपछि भने भीभो र ओप्पो ब्राण्डको क्रमशः बजार हुनेछ ।

स्ट्राटेजी एनालिटिक्सका वरिष्ठ निर्देशक लिन्डा सुईले सन् २०२१ चिनियाँ स्मार्टफोन विक्रेताको वर्ष हुने बताएकी छिन् जसमा शाओमी, ओप्पो र भिभो जस्ता ब्राण्डहरू समावेश छन्।

रिपोर्टले भन्छ कि यी तीन विक्रेताहरू आक्रामक बजार, च्यानल फुटप्रिन्टको विस्तार र प्रतिस्पर्धी मूल्य निर्धारणका कारण एशिया प्रशान्त क्षेत्रमा शीर्ष तीन खेलाडी हुन सक्छन्।

स्ट्राटेजी एनालिटिक्सको रिपोर्टले थप बताउँछ कि आईटेल, टेक्नो जस्ता अन्य ब्रान्ड चलाउने ट्रान्ससन होल्डिंग्सले अफ्रिका र मध्यपूर्वका क्षेत्रहरूमा सामसङलाई हराउनेछ।

यसैबिच रिपोर्टले सुझाव दियो कि सन् २०२१मा विश्वव्यापी स्मार्टफोन बजार ७ प्रतिशतले बढेर १.४ अर्ब युनिटमा पुग्नेछ र यसो हुनुमा ५जी स्मार्टफोनको विस्तार आधार हुनेछ। एजेन्सी

TK Viber

प्रकाशित: ६ चैत्र २०७७, शुक्रबार

Loading...