सामसङले अगस्टसम्म गर्ने इभेन्टका मिति बाहिरियो, के के सार्वजनिक होलान्?

Technology Khabar ६ चैत्र २०७७, शुक्रबार

सामसङले अगस्टसम्म गर्ने इभेन्टका मिति बाहिरियो, के के सार्वजनिक होलान्?

काठमाडौं ।

गएको बुधबार मात्र सामसङले आफ्नो चीर प्रतिक्षित ग्यालेक्सी ए५२ र ए७२ मिड रेन्ज स्मार्टफोन सार्वजनिक गर्यो। यसैका आधारमा सामसङले अबका दिनहरुमा के कस्ता उत्पादनहरु ल्याउला भन्ने काैतुहल जाग्नु स्वभाविकै हो।

अमेरिकी ब्लगर लेखक तथा फोन लिकर ( फोनहरुका बारेमा जानकारी हरु बाहिर ल्याउने व्यक्ति) इभान ब्लासले सामसङको आगामी अगस्ट महिनासम्मका कार्यक्रमको खाका प्रस्तुत गरेका छन्।

उनको जानकारी अनुसार कम्पनीले आगमाी अप्रिल १४ मा एउटा इभेन्टमार्फत् ग्यालेक्सी बुक ल्यापटप तथा पर्सनल कम्प्युटर सार्वजनिक गर्नेछ। यसै दिन क्रोमबुकको घोषणा हुनसक्ने पनि उनले जनाएका छन्।

त्यसैगरी जुन महिनामा ग्यालेक्सी ट्याब एस७ लाईट सार्वजनिक हुनेछ। तर यसको यकिन मिति भने तोकिएको छैन। यो ट्याब क्वालकम स्न्यापड्र्यागन ७५०जी चिपसेटसहित आउनसक्ने बताइएको छ।

जुलाइमा ग्यालेक्सी ए सिरिजको सस्तो ए२२ फाइभजी फोन लञ्च हुन सक्नेछ। हालसम्म यसका बारेमा केही विवरण बाहिर नआए पनि कोरियामा लञ्च हुने र यसको मूल्य २ लाख कोरियन वन अर्थात् १७७ डलर आसपास रहने बताइएको छ।

यीमध्ये अन्तिम र चाखलाग्दो लञ्च मिति अगस्ट १९ हो। उक्त दिन एफई सिरिजका फोनहरु सार्वजनिक हुने अपेक्षा गरिएको छ। गत वर्षको ग्यालेक्सी एस२० एफईको अपग्रेडेड भर्जन ग्यालेक्सी एस२१ एफई सार्वजनिक हुनेछ।

Global Bank
easy care

प्रकाशित: ६ चैत्र २०७७, शुक्रबार

ताजा समाचार