दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापना गर्ने, आशयपत्र आह्वान

Technology Khabar ६ चैत्र २०७७, शुक्रबार

दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापना गर्ने, आशयपत्र आह्वान
फाइल फोटो: नेपाल दूरसञ्चार प्राधिकरणको पुरानो कार्यालय भवन

काठमाडौं ।

टेलिकम उद्योगका लागि साइबर सेक्युरिटी ल्याब स्थापना गर्न नेपाल दूरसञ्चार प्राधिकरणले आशय पत्र आह्वान गरेको छ।

यो आशय पत्र अन्तरराष्ट्रिय परामर्शदातृ संस्थाहरुसँग आह्वान गरिएको हो।

नेपालमा रहेका टेलिकम सेवा प्रदायकहरुको सुरक्षाका लागि यस्तो प्रयोगशाला निर्माण गर्न लागिएको हो। यस ल्याबले टेलिकम क्षेत्रको कम्प्युटर सिस्टममा आउने विभिन्न आकस्मिक खतराहरुलाई समाधान गर्ने रेस्पोन्स टिमको रुपमा काम गर्नेछ।

यसरी आह्वान गरिएकामध्ये इच्छुक परामर्शदाताले टेलिकम क्षेत्रका सेवा प्रदायकहरुका लागि साइबर सेक्युरिटी ल्याब स्थापना गर्नुपर्नेछ। यसका लागि इच्छुक तथा योग्यता पुगेका परामर्शदाताहरुले यससम्बन्धी विस्तृत विवरणका लागि प्राधिकरणको केन्द्रीय कार्यालय कमलादीबाट निशुल्क प्रापत गर्नसक्ने जनाइएको छ।

यो विवरण अप्रिल १ तारिख अर्थात् आगमी चैत्र १९ गते १२ बजेअघिसम्म लिन पाइनेछ। यसबाहेक www.bolpatra.gov.np/egp अथवा www.nta.gov.np मार्फत पनि डाउनलोड गर्न सकिनेछ।

आशयपत्रका लागि आफ्नो योग्यता अझै मजबुत पार्न परामर्शदाताले अरु संस्थाहरुसँग सहकार्य पनि गर्न पाउनेछ।

आवेदकहरुमध्येबाट परामर्शदाता छनाैटका लागि ४० प्रतिशत योग्यता, ५० प्रतिशत अनुभव र बाँकी १० प्रतिशत क्षमतालाई आधार बनाइने प्राधिकरणले जनाएको छ।

easy care

प्रकाशित: ६ चैत्र २०७७, शुक्रबार