नेपाल टेलिकमको मोबाइलमा व्यालेन्स सकियो ? यसरी गर्नुस् सजिलै व्यालेन्स रकम ट्रान्सफर

Technology Khabar ६ चैत्र २०७७, शुक्रबार

नेपाल टेलिकमको मोबाइलमा व्यालेन्स सकियो ? यसरी गर्नुस् सजिलै व्यालेन्स रकम ट्रान्सफर

काठमाडौं ।

नेपाल टेलिकमले एक मोबाइल नम्बरबाट अर्को मोबाइल नम्बरमा व्यालेन्स ट्रान्सफर  गर्ने सुबिधा दिएको छ।

कहिलेकाँही आफ्नो मोबाइलमा व्यालेन्स रकम नभएको बेलामा आफन्त वा साथीभाईसँग व्यालेन्स रकम माग्नका लागि यो निकै सहज र सजिलो सुबिधा हो ।

यसमा नेपाल टेलिकमको नेटवर्कमा भएका कुनैपनि जीएसएम प्रिपेड मोबाइलबाट जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा सजिलै व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ ।

यसरी गर्नुस् व्यालेन्स ट्रान्सफर

व्यालेन्स ट्रान्सफर सुविधा अन्तरगत टेलिकमको जीएसएम प्रिपेड मोबाइलबाट जीएसएम प्रिपेड र पोस्टपेड मोबाइलमा एकपटकमा रु. १०।– देखि रु. ५००।– सम्म व्यालेन्स रकम ट्रान्सफर गर्न सकिन्छ ।

आफूले चाहेको रकम पठाउनका लागि *422*Security Code*Number of Receiver*Amount (Rs.)# गरेर डायल गर्नुपर्छ ।

(उदाहरणको लागि :-*422*12345678*9841203xxx*20# गरेर तपाईँले आफ्नो मोबाइलमा डायल गर्नुपर्दछ । यसपछि तपाईँले पठाएको मोबाइल नम्बरमा सिधै व्यालेन्स रकम ट्रान्सफर हुन्छ ।)

यो सुविधा अन्तर्गत एकदिनमा एउटा नम्बरबाट बढीमा २० पटक मात्र व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ ।

त्यसैगरी नेपाल टेलिकम एप प्रयोग गरेर पनि व्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । एपमा व्यालेन्स ट्रान्सफर नामक अप्सनको प्रयोग गर्न सकिन्छ।

यसरी थाहा पाउनुस् सेक्युरिटी कोड

प्रिपेड मोबाइलको सेक्युरिटी कोड थाहा नभएमा अंग्रेजीमा SCODE लेखेर १४१५ मा एसएमएस गर्न सकिन्छ। व्यालेन्स ट्रान्सफर गर्ने मोबाइल नम्बरमा त व्यालेन्स रकम हुनु नै पर्नेछ भने सो व्यालेन्स पाउने मोबाइलमा पनि केहि रकम व्यालेन्स हुनु आवश्यक छ।

व्यालेन्स पाउने मोबाइलमा शून्य रकम ब्यालेन्स छ भने व्यालेन्स ट्रान्सफर हुँदैन् । त्यस्तो बेलामा भने व्यालेन्स प्राप्त गर्न चाहने मोबाइल प्रयोगकर्ताले व्यालेन्स ट्रान्सफर गराउनुको साटो रिचार्ज गर्नु नै उपयुक्त हुनेछ।

easy care

प्रकाशित: ६ चैत्र २०७७, शुक्रबार