ईकमर्स अमेजनले अमेरिकाको सान फ्रान्सिस्कोमा इलेक्ट्रिक डेलिभरी भ्यान परीक्षण गर्दै

Technology Khabar ५ चैत्र २०७७, बिहीबार

ईकमर्स अमेजनले अमेरिकाको सान फ्रान्सिस्कोमा इलेक्ट्रिक डेलिभरी भ्यान परीक्षण गर्दै
Classic Tech

ईकमर्स कम्पनी अमेजनले अब अमेरिकाको सान फ्रान्सिस्कोमा आफ्नो विद्युतीय वितरण भ्यान परीक्षण गरिरहेको बिहीबार घोषणा गरेको छ।

यो अमेजनको क्यालिफोर्नियामा सबैभन्दा नयाँ विस्तार हो र स्टार्टअप रिभियन अटोमोटिभको साझेदारीमा इलेक्ट्रिक डेलिभरी भ्यान विकसित गरिएको हो । जसले सन् २०१८ पछि लगानीकर्ताहरूबाट ८ अर्ब डलर उठाएको छ।

गत महिना अमेजनले लस एन्जलसमा इलेक्ट्रिक डेलिभरी भ्यानहरूको परीक्षण सुरु गरेको घोषणा गरेको थियो। कम्पनी यस वर्ष थप १४ अमेरिकी शहरहरूमा कार्यक्रम बिस्तार गर्ने योजनामा ​​छ।

अमेजनले सान फ्रान्सिस्कोलाई ‘उत्कृष्ट ग्राहकहरू, अद्वितीय क्षेत्र र मौसमको कारण रिभियनको बिजुली भ्यान परीक्षण गर्न प्रारम्भिक शहरहरू मध्ये एकको रूपमा चयन गरेको बताएको छ।

सुरुवातमा सान फ्रान्सिस्कोको उपनगर रिचमण्डमा अमेजनको डेलिभरी स्टेशनबाट बाहिर डेलिभरी सञ्चालन गरिनेछ, तर अमेजनले चाँडै अन्य समुन्द्री तटिय साइटहरूबाट पनि डेलिभरी सुरु गर्ने अपेक्षा गरेको छ।

‘हामीले हेरेका कुरामध्येबा६, यो एक सबैभन्दा छिटो आधुनिक व्यावसायिक विद्युतीकरण कार्यक्रम हो, र हामी त्यसमा अविश्वसनीय गर्व गर्छौं,’ अमेजन ग्लोबल फ्लीट र उत्पादन निर्देशक रस राचेले एक विज्ञप्तिमा भने।

अमेजनले रिभियनलाई २ अर्ब डलरको क्लाइमेट प्लेज फन्डमार्फत समर्थन गरेको छ। सेप्टेम्बर २०१९ मा अमेजनको डेलिभरीसेवा पूर्ण रूपमा नवीकरणीय उर्जामा चलाउनका लागि महत्वाकांक्षी कदमको एक भागको रूपमा स्टार्टअपबाट १ लाख इलेक्ट्रिक डेलिभरी भ्यान खरीद गर्न सम्झौता गरेको थियो। प्रत्येक भ्यानले प्रति चार्जमा १५० माईल रेन्ज प्रदान गर्दछ ।

त्यसबेलादेखि, अमेजनले विश्वव्यापीरुपमा हजारौं इलेक्ट्रिक वाहनहरु संचालन गर्दै आएको बताएको छ। २०२० मा, यसले उत्तर अमेरिका र युरोपभरि इलेक्ट्रिक डेलिभरी सवारी साधन प्रयोग गरी २ करोड भन्दा बढी प्याकेजहरू पुर्‍याएको छ। एजेन्सीका साथ

TK Viber

प्रकाशित: ५ चैत्र २०७७, बिहीबार

Loading...